७ बैशाख २०८१, शुक्रबार
Follow Us

अन्तरघातले कांग्रेस पराजित : वरिष्ठ नेता पौडेल

नेपालब्रिटेन संवाददाता
४ बैशाख २०७५, मंगलवार ०४:४२

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनका कारण नभई अन्र्तघातका कारण पार्टी पराजय भएकोे बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन संघ प्रदेश कार्यसमिति– ४ द्वारा हिजो यहाँ आयोजित पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टी्भित्र निष्ठा र नैतिकताको आन्दोलन जरुरी भएको बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले पार्टी्भित्रको अन्र्तघात र जनताको मन जित्न नसक्नु पराजयको मुख्य कारण भएको बताउँदै पार्टी्भित्र अनुशासन कायम राख्न अन्र्तघात गर्नेलाई क्षमा दिन नहुने धारणा व्यक्त गर्नुभयो ।