१२ बैशाख २०८१, बुधबार
Follow Us

विवाहअघि नै अमर यौन तृप्त भइसकेको रहेछ

नेपालब्रिटेन संवाददाता
४ बैशाख २०७५, मंगलवार १४:५६

सरस्वती भण्डारी
केही नाम चलेका पुस्तकका लेखक अमर न्यौपानेले उनकै शब्दमा ‘पे्रमविनाको विवाहबाट छुटकारा पाएँ’ भने । उनलाई विवाहको बन्धनमा राख्ने सरस्वती भण्डारी हुन् । उक्त विवाहलाई सरस्वती यान्त्रिक विवाहको संज्ञा दिन्छिन् । सम्बन्ध विछेदपछि सरस्वतीले भनिन्, ‘अमर नामको अमूक पत्थरसँग फागुन १३ गतेबाट औपचारिक रूपबाट अलग बस्ने निर्णय गरेकी हुँ ।’

० एकतर्फी माया भएको विवाहित जीवन अन्त्य गर्नुभएछ नि ?
– हो, गत फागुन १३ गते औपचारिक रूपमा सम्बन्ध विच्छेद गरेकी हुँ । १२ वर्षमा ढुंगा पनि टुसाउँछ, खोला फर्किन्छ भन्थे । अमरको पनि सोचाइमा परिवर्तन आउला, मलाई पहिलेकै जस्तो माया गर्ला भन्ने लागेर १४ वर्षसम्म पर्खिएँ, अन्ततः उसको सोचाइ र व्यवहारमा कुनै परिवर्तन आएन, त्यसपछि औपचारिक रूपमा सम्बन्ध विच्छेद गरेकी हुँ ।

० पे्रम विवाह थियो होइन ?
– हो, म अबोध बालिकालाई के थाहा ? उसको पे्रम यौन प्यास मेटाउनका लागि गरिएको एउटा नाटक मात्र रहेछ । विवाहअघिसम्म औधि माया पाएकी मैले विवाहपछि १४ वर्षसम्म मायाको भीख माग्दै हिँड्नुपर्ला भनेर कल्पना पनि गरेकी थिइनँ ।

० आफूलाई अबोध भन्नुहुन्छ ?
– ०५६ सालको कुरा हो, म त्यसबेला कक्षा ८ मा पढ्दै थिएँ । उहाँ कलेज पढ्नु हुन्थ्यो । पुरुषको मायाजालमा परेर एउटा महिलाले विवाहअघि गर्न नहुने काम गरें, जसले जीवनभरि पश्चाताप गरिराख्नुपरेको छ । यसलाई म के भनौं ?

० यौन सम्बन्ध अघि विवाह गर्ने सर्त थिएन ?
– त्यति धेरै माया गर्ने मान्छेले विवाह गर्दैन भनेर कसरी विश्वास गरुँ ? म एकक्षण अगाडि भइनँ भने ऊ पानीबिनाको माछाजस्तो छट्पटाउँथ्यो । उसलाई एकान्तमा म चाहिन्थ्यो । अरुले लेखेको कविता सुनाएर भए पनि ऊ मेरो पागलपे्रमी हो भनेर मलाई आश्वस्त पाथ्र्यो ।

० वास्तवमा अमर पे्रमी होइन रहेछन् भन्न खोज्नु भएको ?
– उसको एकसूत्रीय अभियान यौन तृप्ति मात्र रहेछ । यौन प्राप्तिका लागि पे्रम त नाटक मात्र रहेछ । प्रेमको भ्रममा परेर उसलाई शरीर सुम्पनु मेरो गल्ती भयो । मैले ठानें, ऊ मेरो अभिभावक हो, तर म त उसको कठपुतली पो रहेछु ।

० विवाहअघि नै अमर तृप्त भए ?
– मान्छे कामुक स्वभावको हो, जहिले पनि मलाई एकान्तमा लैजाने, यौनिक कुरा गर्ने र आफू सन्तुष्ट हुन्थ्यो । मेरो उमेर परिपक्वता भइसकेको थिएन, यौनांगहरू खासै विकसित भइसकेका थिएनन् । त्यसैले सेक्सका बारेमा खासै ज्ञान थिएन ।

० अमर त्यसबेला कुन उमेरका थिए ?
– मस्त जवान, २४–२५ वर्षको हुनुपर्छ । सम्भवतः स्नातक अध्ययन सकिसकेका थिएन । ऊ कलेजको विद्यार्थी, म स्कुल पढ्थें ।

० दैनिक भेट हुन्थ्यो ?
– जे होस् एकअर्का टाढा नहुनु जस्तो लाग्थ्यो । यौन सुखमा रमाउन घरमा कोही नभएको अवसर खोज्ने, एकान्त र एक्लोपन रोजिन्थ्यो । घरमा कोही छैन भने इसारा गथ्र्यो । हाम्रो घर नजिक–नजिक थियो ।

० के गर्दा अमर तृप्त हुन्थ्यो ?
– चोर पे्रम गर्ने मान्छेको नियत पनि ठीक हुँदैन भन्ने कुराको भेउ मैले पाउन सकिनँ, समर्पित भइदिन्थे, ऊ रमाउँथ्यो । हाम्रो पे्रम छिट्टै विवाहमा परिणत हुने आशामा म पनि ऊप्रति समर्पित भइदिन्थें । मेरो दिल चोरेर उसले मलाई कल्पनाको संसारमा उड्न सिकाएको थियो ।

० नक्कली पे्रम रहेछ भनेर कहिले थाहा भयो ?
– पेटमा बच्चा आयो, समाजमा यसरी बस्नु हुँदैन, विवाह गर्नुपर्छ भनें । त्यसपछि ऊ पेटको बच्चा फाल्ने षड्यन्त्रमा अर्को नक्कली पे्रम गर्न थाल्यो । पेटको बच्चा नफालेसम्म विवाह गर्दिनँ भनेर अड्डी लियो, त्यसपछि चाहिँ अमरको पे्रममा शंका लाग्न थाल्यो । विवाहको आशमा पेटको बच्चा पनि फालें । जसरी अहिले पे्रमविनाको विवाहबाट मुक्ति पाएकोमा ऊ जति खुसी छ, त्योभन्दा कैयौं गुणा खुसी मेरो पेटको बच्चा फाल्दाको क्षण भएको थियो ।

० विवाह त भएछ नि ?
– यसको पनि अनेक उतारचढाव छन् । धेरै कुरा हामी दुई र हाम्रो समाजलाई थाहा छ । जसरी पे्रममा परेर हामीले त्यसबेला समाज देखेनौं, तर हामीलाई समाजले हेरिरहेको हुँदो रहेछ, आवश्यक नपरेसम्म समाज बोल्दैन रहेछ ।

० विवाहपछि ?
– विवाहअघि यौन सुखमा रमाउने, भोग्ने सबै बनावटी रहेछन् । अमर विवाहअघि नै यौन तृप्त भएको रहेछ । विवाहपछि ऊ पुरुषको भूमिकाबाट टाढियो । सम्भवतः सधैंका लागि टाढियो ।

० तपाईंले फकाउनु भएन ?
– विस्तारै परिवर्तन होला भन्ने लागेको थियो । म उसको श्रीमती हुँ, मैले निर्वाह गर्नुपर्ने सम्पूर्ण जिम्मेवारीबाट कहीँकतै कसैलाई कमी हुन दिइनँ । ऊ चितवन छोडेर काठमाडौं बस्न थाल्यो । उसलाई भेट्न काठमाडौं आएँ, अनेकन अपमान र दुव्र्यवहार सहेर उसलाई भेट्न खोजें । मेरो माया त उसले रद्दीको टोकरीमा हालिसकेको रहेछ ।

० अमरको नाम र दामको पछि लागेर लामो समयसम्म डिभोर्स दिन चाहनु भएन भन्नेहरूलाई के जवाफ छ ?
– उसको नाम र दामसँग मेरो कुनै सरोकार छैन । मलाई पतिको नामबाट चिनिनु पनि छैन, म आफ्नो जीवन जिउने क्षमता राख्छु । समस्यासँग भागेर समधान निस्कँदैन, असहमतिका विषयमा छलफल गर्न सकिन्छ । धेरै अगाडि नै छुट्टिन सकिन्थ्यो, कसैलाई डिभोर्स दिन खबर पठाउँदैमा म तुरुन्तै तयार किन हुनु ?

० उहाँ त धेरै चर्चित लेखक हुनुहुन्छ नि ?
– मैले फेसबुकमा एउटा स्टाटस पढें, जुन घत लाग्यो । बलात्कारबाट जोगाउने यौनकर्मीहरूको यहाँ कुनै इज्जत हुँदैन, पुरुषलाई बलात्कारी बनाउन छोटा लुगा र कामुक बनेर हिँड्ने महिलाहरूको यहाँ ठूलो इज्जत हुन्छ । यो वास्तविकता हाम्रो बौद्धिक समाजको चरित्र हो । कलिलो मेरो यौनवन निमोठ्ने ती हातले कमल समात्दैमा समाजलाई असल बाटो देखाउन सक्छ भन्ने मलाई विश्वास छैन । लेखक समाजको पथ प्रदर्शक हो, लेखक त्यस्तो हुनुपर्छ, जो आफू उदाहरण बनेर समाजलाई बाटो देखाउनुपर्छ, अमरबाट त्यो सम्भव होला भन्ने मलाई लाग्दैन ।

० अब के गर्नुहुन्छ ?
– अमरकै हातबाट लिएको सिन्दूरपोते फागुन १३ गतेदेखि उसैको हातबाट त्यागें । रमाउने, गाह्रो सारो सबै भोग्दै आएकै छु । सबै समयको खेल रहेछ, समयले जता डो¥याउँछ, त्यतै लाग्छु ।

० अंश लिनुभयो ?
– अंशबापत जे जति छ, नगद देऊ भनेकी थिएँ, उसले नगद दिन सक्दिनँ भन्यो । पैतृक सम्पत्तिबाट अढाई कठ्ठा माटो पाएँ, जुन लिन पनि धेरै कठिनाइ भोग्नु प-यो ।

० अमरलाई के भन्नुहुन्छ ?
– उसलाई भन्ने कुरा सबै भनिसकेकी छु, यान्त्रिक विवाहको हत्कडीबाट हामी औपचारिक रूपमा स्वतन्त्र छौं, उन्नति–प्रगति होस् शुभकामना ।