६ चैत्र २०८०, मंगलवार
Follow Us

‘एनआरएन साझा सपना बोकेको अभियान हो’

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७५, मंगलवार २१:३६

डा. उपेन्द्र महतो । धेरै लामो समयपश्चात् मुलुकमा स्थायी सरकार गठन भएको छ । दुई तिहाइभन्दा बढीको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको छ । यो सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन् । जनताले विकास र समृद्धिको सपना देखेको धेरै भयो । अब जनताको सपना साकार पार्ने बेला आएको छ । समृद्धिको पाइला चाल्न अब ढिलाइ गर्न हुँदैन ।

हाम्रो देशको आर्थिक आधारहरू मुख्यगरी कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र   ऊर्जा नै हुन् । नयाँ परिस्थिति र नयाँ संरचनामा चार  खम्बे  अर्थनीतिलाई लागु गर्दै  बृहत् सहभागितामा आर्थिक क्रियाकलापका गतिविधि सञ्चालन गर्नुपर्छ । नेपाल प्राकृतिक स्रोध र साधनले भरिपूर्ण देश हो । देश विकास गर्न अब नेतृत्वमा इच्छाशक्ति चाहिन्छ । जुन कुरा अहिलेको प्रधानमन्त्रीमा देखिन्छ । हामी निकै आशावादी छौं । समृद्धिको यात्रा अघि बढाउन अब सबै नेपालीहरूले आ–आफ्नो ठाउँबाट पहलकदमी लिनुपर्छ । ऊर्जाको विकास गर्न अरू देशको पनि भर पर्नुपर्ने अवस्था छ । हामी एक्लैले चाहँदैमा चाहेको जति सफलता प्राप्त गर्न सक्दैनौं । त्यसैले ऊर्जाको विकासमा अरू देशको पनि सहयोग आवश्यक छ । नेपालको ऊर्जाको ठूलो बजार भारत नै हो ।

यो शताब्दी व्यापार व्यवसायको युग हो

२१ औं शताब्दी व्यवसायको युग हो । व्यापार, व्यवसायबिना मुलुकको विकास सम्भव छैन । मुलुकमा तीव्र औद्योगीकरणमा जोड दिनुपर्छ । राष्ट्रिय तथा निजी उद्योगहरू सञ्चालनमा ल्याउनुपर्छ । रोजगारीको लागि बाध्य भएर विदेशमा गएका युवाहरू जो विभिन्न क्षेत्रमा अनुभव प्राप्त गरिसकेका हुन्छन्, अब स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ । दक्ष जनशक्तिको ठूलो हिस्सा नै विदेश पलायन भएपछि मुलुकको विकासमा ठूलो असर परिरहेको छ । अब सरकारले यतातर्फ पनि विशेष ध्यान दिनुपर्छ ।

हाम्रो  मानवीय विकास, आर्थिक विकासका आयामहरूलाई अब तीव्रता र गतिशीलता प्रदान गर्नुपर्छ । आर्थिक सर्वे क्षणअनुसार   ने पालीको  प्रतिव्यक्ति आय करिब आठ सय ६२ अमेरिकी डलर   पुगे को  छ । यो भुटानभन्दा धेरै तल हो । यसलाई बढाउने गरी सरकारले आर्थिक विकासका कदमहरू चाल्नुपर्छ ।

पानीको उचित व्यवस्थापन गर्नुपर्छ

देशमा भएका नदी तथा पानीका स्रो तहरूको  उचित व्यवस् थापनले  सिंगो  मुलुकको विकासमा ठूलो टेवा पु¥याउन सकिन्छ । मैले त सुरुदेखि नै नेपालको विकासको लागि ठूलो क्षेत्र भनेको जलस्रोतको विकास नै हो भन्ने गरेको छु । हाइड्रोमा लगानी गर्नुपर्छ । यसले सिंगो मुलुकको विकासमा धेरै ठूलो योगदान पु-याउँछ । पानीको उचित व्यवस्थापन गर्न सकियो भने ग्रिन जोन, कृषिजन्य वस् तुहरूको  उत्पादनमा वृद्धि एवं तल्लो  तटमा बाहै ्रमास सिँचाइ तथा स् वच्छ खाने पानी उपलब्ध गराउन सकिन्छ । यसो गर्न सकियो भने मुलुकभरि नसोचेको समृद्धि हासिल हुन्छ ।

सुशासन कायम गर्न सक्नुपर्छ

विकास र समृद्धिको जतिसुकै ठूलो कुरा गरे पनि सुशासन कायम गर्न सकिएन भने ती सबै दिवा सपनामा मात्रै सीमित हुन्छ । त्यसैले समृद्धिका सपनाहरू साकार पार्नको लागि पनि इच्छाशक्तिसँगै सुशासन कायम गर्न सक्नुपर्छ । यतातिर पनि यो सरकारले विशेष ध्यान दिन जरुरी छ । दशकौंदेखि नेपाली जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन् । अब त्यो गलत परम्परालाई तोड्न जरुरी छ । महँगी, कालाबजारी र भ्रष्टाचारको मारमा रहेका नेपालीहरूलाई तत्काल राहतको अनुभूति दिलाउने गरी सरकारले आफ्नो क्रियाकलापहरू केन्द्रित गर्नुपर्छ ।

संघीय व्यवस्था लागु भएसँगै मुलुकमा पहिलोपटक घरघरमा सिंहदरबार पुगेको छ । तीनवटा सरकार एकैसाथ सञ्चालनमा आएका छन् । सुरुसुरुमा केही अप्ठ्याराहरू आउँछन् । तर अब जनप्रतिनिधिहरूले जनताको सर्वाेत्तम हितका लागि काम गर्ने बेला आएको छ । अत्यन्तै सुझबुझका साथ विकासका गतिविधिहरू अघि बढाउनुपर्छ ।

नेपाल अरूले बनाउँदैन, हामीले नै बनाउने हो

नयाँ सरकारसामु अथाह सम्भावना छन् । सबैभन्दा ठूलो कुरा त यो सरकार जसबाट लगानीको उपयुक्त वातावरण बन्ने सम्भावना प्रबल देखिएको छ । हामीजस्ता उद्योगी व्यवसायीहरूलाई यो त खुसीको कुरा हो । अहिले देशमा राजनीतिक स्थिरतासहितको उच्च आर्थिक बृद्धिको सम्भावना देखिएकोले विदेशी लगानीमा पनि चासो बढेको छ । यसो भनिरहँदा म के कुरामा प्रष्ट छु भने नेपाल कुनै पनि विदेशीले आएर बनाइदिने होइन । नेपाल तपाईं हामीले नै बनाउने हो । हामीले नबनाए नेपाल कसैले पनि बनाउँदैनन् । सधैंभरि परमुखी र परनिर्भरताका आधारमा देशको आर्थिक कारोबार सञ्चालन गर्नु हुँदैन । यदि यस्तो गल्ती गरियो भने देश सँधै पछि पर्छ । पछ्यौटेपनबाट मुलुकलाई उन्मुक्ति दिनुपर्छ । बरु ढिला नगरी देशको आर्थिक विकास र जलस्रोतसम्बन्धी भरपर्दो र राष्ट्रिय हितको दीर्घकालीन नीति सरकारले ल्याउनुपर्छ । हामी नेपालीहरू नै नेपाल बनाउने अभियानमा पहिले लाग्नुपर्छ । हामी तातेपछिमात्रै विदेशीहरूले हात बढाउँछन् । सुरुवात हामीबाटै हुन जरुरी छ ।

राष्ट्रिय हितलाई केन्द्रमा राखेर कदम चाल्नुपर्छ

देशका नेता र प्रशासकले जनताको इच्छा र आर्थिक विकासका साथै समृद्धिको माग बुझ्ने यो सही बेला हो । अब राष्ट्रिय हितलाई केन्द्रमा राखेर हामीले आफ्ना कदमहरू चाल्नुपर्छ । नेपाल भारत र चीनजस्तो विश्वमै उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरूको बीचमा अवस्थित छ । यो हाम्रो लागि वरदान हो । हामीले दुई देशबीच पुलको काम गर्नुपर्छ । भारत र चीनबीच पुलको भूमिका निर्वाह गर्दै दुवै देशसँग पारस्परिक लाभका आधारमा द्विपक्षीय सम्बन्धहरूलाई बढावा दिनुपर्छ ।

भारत नेपालको ठूलो बजार हो । तीनतिरको खुला सिमाना छ । चीन पनि हाम्रो अर्को ठूलो र विशेष महत्व बोकेको मित्रराष्ट्र हो । साथी फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिँदैन भन्ने भनाइ छ । हो, त्यस्तै नेपालले भारत र चीन दुवै मित्रराष्ट्रसँग सन्तुलित र परिपक्व आर्थिक कूटनीतिक सम्बन्ध राख्नुपर्छ । मैले अघि पनि भनेँ आजको युग भनेको व्यापार व्यवसायको युग हो । हामीले पनि अब द्विपक्षीय आर्थिक साझेदारीका गतिविधिहरूलाई बढावा दिनुपर्छ । एकअर्काका जायज चासोहरूलाई सम्बोधन गर्नुपर्छ ।

पर्यटन विकासमा विशेष ध्यान दिनुपर्छ

ऊर्जाको विकाससँगै हामीले पर्यटनमा विशेष ध्यान दिनुपर्छ । नेपालको विकासमा योगदान पु-याउन सक्ने अर्को ठूलो क्षेत्र भनेकै पर्यटनको विकास पनि हो । आन्तरिक तथा बाह्य पर्यटकहरू नेपाल आउन रुचाउँछन् । हामीले अब उनीहरूलाई सोहीअनुसारको सुविधाहरू दिलाउनतिर ध्यान दिनुपर्छ । सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा पनि हाम्रो भारत र चीनसँग सामाञ्जयस्ता छन् । भारत र चीनबाट मात्रै पर्यटकहरू नेपाल भित्र्याउने हो भने विकासमा यसले ठूलो टेवा पु-याउँछ । त्यस्तै नेपालको पूर्वाधार विकासमा भारत र चीन दुवैसँग हामीले सहकार्य गर्नुपर्छ ।

हजारौं विद्यार्थीहरू अध्ययनको लागि विदेश गइरहनुपरेको छ । अब ठूलो संख्यामा विदेशीहरूलाई पनि नेपालमा ल्याउन सक्नुपर्छ । नेपाललाई पनि एजुकेसन हब बनाउनुपर्छ । त्यसैगरी स्वास्थ्य उपचारको लागि हामी नेपालीहरूलाई विदेशमा जानुपर्ने बाध्यता थियो, अब विदेश उपचारको लागि जानेलाई रोक्नेमात्रै होइन, विदेशीहरूलाई पनि नेपालमै उपचार गर्न सक्नेगरी मेडिकल टुरिज्म बनाउनुपर्छ । किनकि नेपाल प्राकृतिक रूपमा पनि अति सुन्दर छ । यहाँको हावापानी धेरै राम्रो छ । यसका साथसाथै नेपालीहरूको सेवा दिने तरिका पनि लोभलाग्दो छ । नेपालमा पनि मेडिकल टुरिज्मलाई बढावा दिन सकिन्छ । यसो गर्न सकियो भने ठूलो संख्यामा विदेशीहरू स्वास्थ्योपचारकै लागि नेपाल आउँछन् ।

निर्यातमुखी कृषि आधुनिकीकरणमा जोड

त्यस्तै, नेपालको आर्थिक समृद्धिको अर्को मुख्य आधार भनेको कृषि हो । कृषिमा आधुनिकीकरण गर्दै नेपालमा उत्पादित वस्तुहरू निर्यात गर्नुपर्छ । हाम्रो अवस्था अहिले विगतको भन्दा ठीक उल्टो छ । पहिले पहिले नेपालले धान, गहुँजस्ता खाद्यान्नहरू विदेश निर्यात गर्दथ्यो, तर अहिले आयात गर्नु परेको छ । यो धेरै दुःखलाग्दो अवस्था हो । अब यसमा व्यापक सुधार ल्याउनुपर्छ । समृद्धिको लागि सबैको हात एकसाथ हुनुपर्छ ।

मुलुकको समृद्धिमा क्षमताअनुसार योगदान गर्नुपर्छ

प्रत्येक नेपाली स्वरोजगार नभएसम्म राष्ट्र समृद्ध हुन सक्दैन् । राजनीतिक अस्थिरतालाई समाप्त पार्दै मुलुकलाई समृद्ध बनाउन उद्योगपति, व्यापारी, राजनीतिक दल तथा नागरिक समाज सबैले आ–आफ्नो दायित्व निर्वाह गर्न आवश्यक रहेको छ । देश विकास र निर्माणमा विदेशमा रहेका नेपालीको सीप र लगानी भित्र्याउनुपर्छ भन्ने मान्यता राखेर हामीले एनआरएनएको स्थापनामा सामूहिक पहल गरेका थियौं । म आज पनि सोही मान्यताबाट अघि बढिरहेको छु ।

एनआरएनए एउटा संस्था मात्र नभएर साझा सपना बोकेको अभियान हो । नेपालको समृद्धिमा आफ्नो क्षमताअनुसारको योगदान दिनुपर्छ भन्ने मेरो मान्यता छ ।
देशको समृद्धिका लागि सबैभन्दा ठूलो कुरा गर्दा एनआरएनएले नेपालका लागि केही गर्नुपर्छ भन्ने भावना जगाएको हो । व्यक्तिगत रूपमा अभै पनि एनआरएनएले केही न केही गरिरहेकै छ । सामूहिक रूपमा केही प्रोजेक्ट पनि अघि बढ्न थालेका छन् । त्यो परियोजना भविष्यमा अभै बढ्दै जाने कुरामा दुई मत छैन । हामी भित्रि आत्मादेखि नेपाललाई समृद्ध बनाउनुपर्छ भन्नेमा छौं । त्यसैले एनआरएनएले के ग-योभन्दा पनि अभै धेरै गर्न बाँकी छ । हामी मुलुकको विकासमा नै समर्पित छौं ।

(रिपोर्टर्स क्लब नेपालको संस्थापक स्मारिका अब पाइला समृद्धिको बाट साभार गरिएको हो ।)