१९ बैशाख २०८१, बुधबार
Follow Us

सोल्टी होटलबाट सञ्चालकसहित ८ जना समातिए

sarusaru
५ बैशाख २०७५, बुधबार ०७:०७

काठमाडौं । नेपाल प्रहरीले होटल सोल्टीमा रहेको माजोङ क्यासिनोका सञ्चालकसहित ८ जनालाई पक्राउ गरेको छ ।

माजोङ क्यासीनोमा नेपालीलाई जुवा खेलाइएको सूचनाका आधारमा मंगलबार राति पुगेको महानगरीय प्रहरी परिसरको टोलीले जुवा खेल्ने र खेलाउने कार्यरमा संलग्नहरुलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता मोहनकुमार थापाले दिएको जानकारी अनुसार, पक्राउ पर्ने ६ जुवाडे हुन् भने २ जना क्रमशः सञ्चालक र म्यानेजर हुन् ।

प्रहरीले ४५ वर्षीय विनोद श्रेष्ठ र ओम कर्माचार्यलाई पक्राउ गरेको छ । श्रेष्ठ क्यासिनोका म्यानेजिङ डाइरेक्टर हुन् भने कर्माचार्य कार्यकारी अधिकृत हुन् । त्यसैगरी, जुवा खेलमा संलग्न मकवानपुरका विकल्प पोखरेल, ललितपुरका शिखर पौडेल, काठमाडौंका तेन्जिङ मेलेकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नायव उपरीक्षक थापाका अनुसार, क्यासिनोमा जुवा खेलिरहेकै अवस्थामा समातिएका रञ्जित खड्गी, अरुण सेडाई र पासाङ ठकुरीलाई पनि नियन्त्रणमा लिइएको छ ।

प्रहरीले पक्राउ परेका आठै जनामाथि अनुसन्धान भइरहेको जनाएको छ ।