६ बैशाख २०८१, बिहीबार
Follow Us

मन्त्री र सचिवले सांसदलाई मगन्ते ठाने पछि……..

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७५, बुधबार १९:५७

लण्डन । प्रधानमन्त्रि केपी शर्मा ओलीले नियुक्त गरेका केही सचिव तथा मन्त्रीहरुले पदिय मर्यादा बिपरीत गएर अभिव्यक्ति दिए पछि असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन् ।

पछिल्लो समयमा मन्त्रालयका सचिव र मन्त्रीहरुको व्यवहारले सर्वसाधारण मात्र होइन् जनताको काम लिएर मन्त्रालय पुगेका सांसद समेत वाक्क छन् ।

यस्तै बाग्लुङ क्षेत्र नम्वर १ का सांसद डा. सूर्य पाठकले आफ्नो सामाजिक संजाल फेसबुक टाइमलाईन मार्फत सचिव देखी मन्त्रीसम्मको रवाफ देखेर खिन्नता प्रकट गरेका छन् ।

जनताको गुनासो र काम बोकेर बुधवार सिहंदरवार पुगेका पाठकले सांसदहरुलाई मगन्ते नठान्न आग्रह गरेका छन् । उनले आफ्नो भरोसा प्रधामन्त्रि माथि रहेको भन्दै लेखेका छन् हामी राजनितीकर्मीहरु निराश त पटक्कै छैनौ किनकि प्रधानमन्त्रीसंग पुर्ण भरोसा छ, देश बदलिनेछ।

उनले सिंहदरवार र मन्त्रालय धाउदा केहि सचिब र केही मन्त्रीका रवाफ देख्दा खिन्नता प्रकट गर्दै भनेका छन उनका व्यबहार यस्ता देखिन्छन मानौ हामी सभासद मगन्ते हौ र उनिहरुदाता हुन्। नत हामी मगन्ते हौ नत तिनिहरु दाता नै हुन ।
उनले जनताले पाउनु पर्ने आधारभुत आवश्यकताको माग गर्न जाँदा मन्त्री तथा सचिवले प्रकट गरेको व्यवहार प्रति असन्तुष्टी व्यक्त गरेका हुन ।

पछिल्लो समयमा प्रधामन्त्री तथा मन्त्रिपरिषदका निर्णयलाई समेत कर्मचारी संयन्त्रले असहयोग गर्दै आएको खबर पछि जनताबाटै निर्वाचित सभासदले सार्वजानिक रुपमा गुनासो गरेको यो पहिलो अवसर हो । सांसद पाठकले गत संसदीय निर्वाचनमा बाग्लुङ क्षेत्र नम्बर १ बाट १३ हजार भन्दा बढी मतले विजयी सांसद हुन् ।