१३ बैशाख २०८१, बिहीबार
Follow Us

भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्ने

नेपालब्रिटेन संवाददाता
६ बैशाख २०७५, बिहीबार ०४:३६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताउनुभएको छ । हिजो साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भन्नुभयो, ‘भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम चाल्दैछौँ, अपराध, कुनै प्रकारको एकाधिकार र सिण्डिकेटको विरुद्ध सरकार कडा रुपमा लाग्नेछ ।’

यातायात व्यवसायीको सिण्डिकेटविरुद्धको अभियान शुरु भइसकेको भन्दै उहाँले अरु सिण्डिकेटविरुद्ध पनि सरकार अघि बढ्ने उहाँको भनाइ थियो । चितवनका विभिन्न आधा दर्जन कार्यक्रममा सहभागी हुनुभएका उहाँले साँझ भएको उक्त शिलान्यास कार्यक्रममा बोल्दै सबैले प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्ने धारणा राख्नुभयो ।