१३ बैशाख २०८१, बिहीबार
Follow Us

युवासंघ नेपालको अध्यक्षमा रमेश पौडेल

नेपालब्रिटेन संवाददाता
६ बैशाख २०७५, बिहीबार ०४:५७

काठमाडौं । युवासंघ नेपालमा नयाँ केन्द्रिय कार्यसमिती गठन भएको छ । संघको अध्यक्षमा रमेश पौडेल चुनिएका छन भने महासचिवमा नरेश शाही चुनिएका छन । लामो समय विवादमा रहेको एमालेको प्रमुख भातृ संगठनको रुपमा रहेको युवासंघमा तत्कालिन अध्यक्ष राजिव पहारीले पदबाट राजिनामा दिएपछि नयाँ नेतृत्व चयनको लागि समुहगत छलफल भएको थियो । आजराती भएको संघको बैठकले नयाँ नेतृत्व चयन गरेको सघंकी निर्वतमान बरिष्ठ उपाध्यक्ष दिलु पन्तले जानकारी दिनुभयो । उहाँले पुराना नेताहरु गएको निर्वाचनमा विभिन्न क्षेत्रमा विजयी भएपछि नयाँ नेतृत्वको लागी दवाव आएको थियो । नयाँ कार्यसमितीको उपाध्यक्षमा किरण पौडेल,परशुराम बस्नेत र प्रभात कटुवाल चुनिनुभएको छ ।