४ बैशाख २०८१, मंगलवार
Follow Us

सिंहमहलबाट यसरी बनेको थियो नेपाल राष्ट्र बैंक

sarusaru
६ बैशाख २०७५, बिहीबार ०५:३७

काठमााण्डौ-वि.सं. १९४२ को शमसेर राणाहरुको विद्रोह अगाडि यो दरबार थापाथली दरबारकै एक भागको रुपमा ंरहेको थियो । चन्द्र शमसेर सत्तामा आएपछि सिंहदरबार सरेर यो दरबार छोरा सिंह शमसेरलाई हस्तान्तरण गरे । यो दरबार त्यसपछि सिंहमहलको नामले चिनिन थाल्यो । वि.सं. १९९० को महाभूकम्पले महललाई क्षति पु¥याएपछि यसलाई पुन ः निर्माण गरिएको थियो । २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि एक दिन जंगबहादुरका केही सन्तति आएर यो दरबारमा हक दाबी गरेपछि सिंह शमसेरले जंगबहादुरका सन्ततिलाई भोलिपल्ट बोलाई थापाथली जंगबहादुरको हुनु अगावै थापाहरुको भएको र पहिले थापाहरुसँग सल्लाह गरी हकदाबी गर्नु भनी पठाएका थिए । त्यसपछि उनले यो सिंहमहल ७ लाख रुपैयाँमा नेपाल राष्ट्र बैंकलाई बेचिदिए । हाल यो दरबारमा नेपाल राष्ट्र बैंकको कार्यालय रहेको छ ।