८ बैशाख २०८१, शनिबार
Follow Us

उपाध्यक्ष कुमार पन्त सहित एनआरएन नेताहरु शनिवार लन्डन उत्रिने

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७५, बिहीबार २०:२७

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त र संस्थापक नेता रामप्रताप थापा लण्डन आउने भएका छन् । उनीहरु अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज बेलायत र युरोप शाखाको संयुक्त आयोजनामा लण्डनमा हुने युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगितामा भाग लिन आउन लागेका हुन् । गैरआवासीय नेपाली संघका पुर्वअध्यक्ष जीवा लामिछाने सहितको टोलि शनिवार लन्डन स्थित हित्रो बिमानस्थलको टर्मिनल ५ मा उत्रिने तयारीमा छन् ।

आगामी आइतवारको लागि तय प्रतियोगितामा बेलायत र युरोपका विभिन्न देश गरी कुल १० देशबाट आउने ४० बढि प्रतियोगीले प्रतिस्पर्धा गर्दैछन् । कार्यक्रममा गैरआवासीय नेपाली संघका पदाधिकारी लगायत संस्थापक नेता रामप्रताप थापा समेत सहभागी हुने भएका छन् ।

प्रतियोगितामा बेलायतबाहेक डेनमार्क, जर्मनी, पोल्याण्ड, बेल्जियम, नेदरल्याण्ड,फिनल्याण्ड, स्विजरल्याण्ड, इटली र स्पेनबाट प्रतियोगीहरुले प्रतिशप्रर्धा गर्ने छन् ।

यसैबीच एनआरएन नेताहरु पर्वत जिल्ला समाज युकेको आयोजनामा शनिवार अल्डरशटमा हुने वाषिर्क भेलामा समेत सहभागी हुने समाजका अध्यक्ष दधि आचार्यले जनाए ।