८ बैशाख २०८१, शनिबार
Follow Us

लिभरपुलमा नयाँ बर्ष मनाइयो

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७५, बिहीबार २१:२१

लन्डन । नयाँ वर्ष २०७५ को उपलक्ष्यमा लिभरपुल नेपाली समाजको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । आइतवार लिभरपुलमा आयोजित एक कार्यक्रममा गायक उज्वल भण्डारी लगायत स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरे ।

प्रदीप केरुङको बाँसुरीको धुनलाई दर्शकहरुले निकै मन पराए । गायक विष्णु बन्जाडेले क्यारीकेचरले दर्शकहरुलाई पेट मिचीमिची हँसाए ।

कार्यक्रममा समाजका अध्यक्ष शम्भु आचार्यले स्वागत मन्तब्य दिए । समाजका उपाध्यक्ष नवराज अधिकारीले संयोजन गरेको कार्यक्रममा कोषाध्यक्ष देउमान इजामले धन्यबाद ज्ञापन गरे ।