१३ बैशाख २०८१, बिहीबार
Follow Us

दीपक मनाङे पक्राउ

नेपालब्रिटेन संवाददाता
७ बैशाख २०७५, शुक्रबार ०५:०९

काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ‘दीपक मनाङे’ भन्ने राजीव गुरुङलाई पक्राउ गरेको छ । प्रतिवादी मनाङेलाई आज स्वयम्भूस्थित तीनधारामा लुकीछिपी बसेको अवस्थामा महानगरीय प्रहरी परिसर, काठमाडौँबाट खटिएको विशेष टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो ।

‘चक्रे मिलन’ भन्ने मिलन गुरुङलाई दीपक मनाङेले धारिलो हतियार प्रहार गरी बायाँ हात छिनाली दिएको घटनामा पुनरावेदन अदालत, पाटनबाट पाँच वर्ष कैद सजाय हुने गरी फैसला भएको थियो । उक्त फैसलालाई सदर गर्ने गरी सर्वोच्च अदालतसमेतबाट फैसला भई उक्त मुद्दा अन्तिम किनारा लागिसकेको छ ।