१३ बैशाख २०८१, बिहीबार
Follow Us

शीतल निवासको ऐतिहासिक कथा

sarusaru
७ बैशाख २०७५, शुक्रबार ०५:१२

काठमाण्डौ -चन्द्र शमसेरले आफ्नी जेठी बडामहारानीका कान्छा छोरा मेजर जनरल कृष्ण शमसेरको निमित्त तोकिदिएको शीतल निवासलाई वि.सं. १९९० सालको महाभुकम्पले निकै क्षति पु¥यायो । भत्केको यस दरबारलाई कृष्ण शमसेरले आधुनिक तरिकाबाट पुनर्निर्माण गराउन लगाए । वि.सं. २००५ सालमा उनका दाजुहरु मोहन शमसेर ,बबर शमसेर र भाइ शंकर शमसेरले अनेक किसिमका दाउपेच गर्ने , दुव्र्यवहार गर्ने गरेपछि उनले जागिरबाट राजीनामाा दिनुको साथै आफ्नो शीतल निवास र त्यहाँका सम्पूर्ण फर्निचरहरु ,सजावटका सामान र २ वटा बग्गी , एक मोटर र शीतल निवासका मर्मतका लागि मो. रु. ३ लाख २२ हजार ८ सय २ नेपाल बैंकमा राखी कान्छी शाहजादीलाई साथमा लिई बैंलोरतिर पलायन भए ।पछि यो दरबारमा परराष्ट्र मन्त्रालय थियो ।जब राजतन्त्र हटेर राष्ट्रपति प्रणली आयो त्यसपछि यो दरबार राष्ट्रपति भवनमा परिणत भएको छ ।