६ चैत्र २०८०, मंगलवार
Follow Us

नेपाली मेला भब्य रुपमा सम्पन्न, मेला भर्न ८ हजार आए (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७३, सोमबार १२:५१

लाग्थेन स्थान केम्पटेन पार्क रेस कोर्स हो भनेर । अरु बेला घोडा दौड हेर्न विदेशीले भरिने त्यो ठाउं आइतबार नेपालीले ओगटे । मिनी नेपाल झैं बन्यो उक्त मैदान । विदेशी कुटनीतिज्ञसहित करिब आठ हजार नेपालीले भरिभराउ मेलाले सिंगो नेपाल झल्काइदियो ।

बेलायतस्थित ३० बढि नेपाली संघसंस्था आ–आफ्ना झाँकीमा प्रस्तुत भए । ति झांकीले विभिन्न जातजातिका भेषभूषा, रहनसहन र कला संस्कृति प्रदर्शन गरिरह्यो राती अबेरसम्म । ‘सिंगो नेपाल त यहां पो देखें’, प्रमुख अतिथि कार्यवहाक राजदूत शरदराज आरन भन्दै थिए, ‘नेपाली मौलिक कला संस्कृति र पहिचान स्थापित गर्न मेलाले ठूलो भूमिका निर्वाह गरेको छ ।’

14079532_10155246438403146_4766601336310987359_n
दूतावासको सहयोगमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । मेलामा यसपटक विदेशी कुटनीतिज्ञहरुको पनि उल्लेख्य सहभागिता रह्यो । बेलायती नेताबाहेक बोस्निया एण्ड हर्जगोभिना, सेनेगल, म्यानमार, गुयना ग्वाटेमाला, मंगोलिया, निकारागुवा, हैटी, अफगानिस्तान, अर्मानिया, साल्भाडोर, श्रीलंका, म्यासेडोनिया, बेलिज, सेसेली लगायत देशका राजदूत र वरिष्ठ कुटनीतिज्ञहरुले मेला नजिकबाट अवलोकन गरे । ‘इट्स एन अमेजिङ’, केही नेपाली शब्द समेत जानेका मंगोलियाका फस्ट सेक्रेटरी दर्शकदीर्घाबाट भन्दै थिए । लन्डनस्थित नेपाली दूतावासले कुटनीतिज्ञ निम्त्याउन संयोजन गरेको हो ।
14141977_10155246437553146_176735050292006680_n

14192151_10155246439458146_6893473800671291202_n (1)

तमुहरुको ट्होटे होस् वा लिम्बुको च्याब्रुङ । कौरा र सोरठी सबै मेलाका आकर्षण थिए । मेलामा ३१ वटा झांकी प्रदर्शन भयो । युवाहरुका ५ वटा ब्यान्डले पनि गीत संगीत प्रस्तुत गरे । उक्त अवसरमा एकहजार एक सय पाउण्डको एम्बासडर कप लमजुङ समाज यूकेले जित्यो । झाँकी र नृत्य दुवै प्रस्तुत गरि उत्कृष्ट हुनेलाई उक्त अवार्ड दिइएको हो । खाना र च्यारिटीका स्टल, ब्रिगेड अफ गोर्खाज प्रस्तुति, राफल ड्रले पनि थप आकर्षण थिए मेलाका ।

14202759_10155246437238146_8813336894940234253_n

‘मेला अत्यधिक सफल भएको छ’, आयोजक तमुधिं यूके अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङले भने, ‘यसले नेपाली कला संस्कृति जीवन्त राख्ने मात्र होइन, बेलायत र अन्य देशबीचको सम्वन्ध अरु प्रगाढ बनाउन पनि सहयोग गरेको छ ।’

14202732_10155246436633146_2514306076181910699_n
तमुधिं यूके सल्लाहकार एवं एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले मेला व्यवस्थित हुंदै जांदा दर्शक सहभागिता वर्षेनी बढ्दै गएको बताए । ‘दोश्रो पुस्ता मेलाप्रति आकर्षित हुनु भनेको उनीहरुको नेपाली कला संस्कृतिप्रतिको झुकाव बढ्नु पनि हो’, उनले भने ।

महासचिव हरि गुरुङले सञ्चालन गरेको पहिलो औपचारिक सत्रमा मेला संयोजक नन्दजंग गुरुङ, लन्डन बरो अफ ब्रेन्टका डेपुटी मेयर काउन्सिलर भगवानजी चोहान, नेपालका सांसद डा. गणेश गुरुङ लगायतले मेलाको शुभकामना दिए ।

14184466_10155246439183146_9189859925299493062_n

14192151_10155246439458146_6893473800671291202_n

14183912_10155246440023146_46669754273082339_n

14117884_10155246448753146_2058392608072596694_n

– इकान्तिपुरको सहयोगमा