१२ बैशाख २०८१, बुधबार
Follow Us

एमाले जापानको अध्यक्षमा केसी चयन

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७५, शुक्रबार ०५:४३

जापान । प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीको अध्यक्षमा सुरेश केसी अध्यक्षमा चयन भएका छन् ।

राष्ट्रिय कमिटीको आठौं बैठकले पार्टी केन्द्रको निर्देशन अनुसार कमिटी पुनरगठन गर्दै केसीलाई अध्यक्ष चयन गरेको हो । केसी अध्यक्षमा चयन भएसँगै महेन्द्रकुमार श्रेष्ठ विदा भएका छन् ।

१५ अप्रीलमा सम्पन्न भएको बैठकले अध्यक्ष बाहेर अन्य पदाधिकारीहरु भने यथावत राखेको छ ।

कमिटीको उपाध्यक्षमा अशोकचन्द्र अधिकारी, महासचिवमा सागर रिजाल र सचिवालय सदस्यमा प्रकाश महरा चयन भएको मञ्चले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।