१३ बैशाख २०८१, बिहीबार
Follow Us

पार्टी एकतालाई निष्कर्षमा पु-याउन अध्यक्षद्वयको छलफल जारी

नेपालब्रिटेन संवाददाता
७ बैशाख २०७५, शुक्रबार १५:२८

काठमाडौँ । पार्टी एकतालाई निश्कर्षमा पु-याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल भएको छ । एकता संयोजन समितिअन्तर्गतका कार्यदलले बुझाएको प्रतिवेदनमाथि दुई नेताले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टा बढी छलफल गरेका हुन् ।

निश्कर्ष उन्मुख रहेकाले छलफललाई निरन्तरता दिइने बताइएको छ । ‘दुवै अध्यक्षबीच सोहार्दपूर्ण छलफल भएको र भोलि पनि निरन्तरता दिइने’ दाहालले ट्वीटरमार्फत जनाउनु भएको छ ।

बैशाख ९ गते हुने भनिएको एकता टरेपछि दबाबमा रहेका दुई अध्यक्षबीच हिजो पनि छलफल भएको थियो । मिल्न नसकेको चुनाव चिन्ह, ‘जनयुद्ध’लाई हेर्ने दृष्टिकोण र पदीय बाँडफाँटसम्बन्धी विषय टुंग्याउने जिम्मेवारी ओली र दाहाललाई दिइएको छ ।