८ बैशाख २०८१, शनिबार
Follow Us

आकस्मिक कक्ष तोडफोड गर्ने युवक प्रहरी खोरमा

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०७५, शनिबार ०५:०९

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक शुक्रबार प्रहरी खोरमा पुगेका छन् । अभियुक्तमा चन्दननाथ नगरपालिका– ७ जुम्लाका तेजेन्द्र महत र दीप महत रहेको प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो । वैशाख ६ गते साँझ ७:३० बजे दुवै जनाले मादक पदार्थ सेवन गरी अस्पतालमा पुगेर शल्यक्रिया कक्षका ढोकाको सिसा र बत्ती तोडफोड गरेको प्रहरी नायब उपरीक्षक डा दाहालले बताउनुभयो ।