८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन पूर्वअध्यक्ष लामिछाने, उपाध्यक्ष पन्त र संस्थापक थापा लन्डनमा

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०७५, शनिबार १२:५२

लन्डन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त र संरक्षक रामप्रताप थापा लन्डन आइपुगेका छन् । उनीहरु अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज बेलायत र युरोप शाखाले संयुक्त रुपमा आयोजना गरेको युरोपस्तरीय नृत्य र गायन प्रतियोगितामा सहभागी हुन लन्डन आएका हुन् । उनीहरुलाई लन्डनको हिथ्रो विमानस्थलको टर्मिनल ५ मा उपाध्यक्ष कुल आचार्यले स्वागत गरेका थिए ।

भोलि आइतबार आयोजना हुने उक्त प्रतियोगितामा बेलायत र युरोपका विभिन्न देश गरी कुल १० देशबाट आउने ४० बढी प्रतियोगीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा बेलायतलगायत डेनमार्क, जर्मनी, पोल्याण्ड, बेल्जियम, नेदरल्याण्ड, फिनल्याण्ड, स्विजरल्याण्ड, इटली र स्पेनबाट आएका प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन् ।