१३ बैशाख २०८१, बिहीबार
Follow Us

दुई किलो तरल सुनसहित भारतीय पक्राउ

नेपालब्रिटेन संवाददाता
९ बैशाख २०७५, आईतवार १४:३४

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नयाँ शैलिमा एक करोड मुल्य बराबरको सुन तस्कर गर्ने भारतीय पक्राउ परेका छन् । सुनलाई तरल अवस्थामा बनाएर तस्करी गर्ने भारतीय नागरीक महेश रामचन्द्रलाइ पक्राउ गरीएको प्रहरीले जनाएको छ।
शुक्रबार एक किलो ९ सय ग्राम तरल सुनसहित बरामद भएको हो । उनले लगाएको कपडाको पेटीभित्र तरल सुन लुकाएका थिए। पेटीको डिजाइन नै त्यस्तो भएको भन्दै झुक्याउने प्र्रयास गरेको प्रहरीले जनाएको छ। तर उनले झुक्याउन भने सकेनन् । भारतको पुणे घर भएका फ्लाई दुबईको विमानबाट शुक्रबार बेलुका काठमाडौं आएका थिए। चेकिङको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।