१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपाली कलासंस्कृति र संस्कारको जर्गेना गर्न जोड दिनु पर्छ: लामिछाने

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७५, आईतवार १९:५७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) पूर्व अध्यक्ष तथा संरक्षण जीवा लामिछानेले प्रवासमा छरिएर रहेको नेपालीको कला संस्कृति र संस्कारलाई कायम राख्न सबै लाग्नुपर्नेमा जोड दिए । लन्डनमा छैठौँ इनास युरोप महादेश स्तरीय एकल नृत्य र तेश्रो गायन प्रतियोगिताको उदघाटन सत्रमा मन्तब्य राख्नुहुँदै नेपाली कला संस्कृतिलाई जर्गेना गर्न सकिएको खण्डमा प्रवासमा बसेका नेपालील पनि ठूलो योगदान पुरायाउन सक्ने विचार ब्यक्त गरे।

उनले इनासले आयोजना गर्ने विभिन्न खालका यस्ता प्रतियोगितालाई निरन्तरता दिन आवश्यक रहेको र थप प्रभावकारी बनाउँदे लग्नुपर्नेमा जोड दिए।

सोही अवसरमा मन्तब्य राख्नुहुँदै एनआएन उपाध्यक्ष कुमार पन्तले विदेशमा बसेका नेपालीले नेपाली कला र संस्कृति प्रचार प्रसारमा ठूलो योगदान गरिरहेको बताए। उनले विश्वमा कहि नभएको कला र संस्कृति नेपालमा रहेको र त्यसलाई विश्वभरी प्रचार गर्ने कार्यमा एनआरएनको महत्वपूर्ण हात रहेको बताए ।

अर्का उपाध्यक्ष कुल आचार्यले कला संस्कृति बचाउन एनआरएन भन्दा प्रवासमा बसेका सबै नेपालीका हात रहने विचार ब्यक्त गरे । उपाध्यक्ष आचार्यले लन्डनको यो इनासलाई सबैतर्फ केन्द्रित गराउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा वेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, एनआरएनका संस्थापक नेता रामप्रताप थापाले शुभकामना दिए ।

लन्डनमा छैठौँ इनास युरोप महादेश स्तरीय एकल नृत्य र तेश्रो गायन प्रतियोगितामा नेदरल्याण्ड, पोल्याण्ड, डेनमार्क, फिनल्याण्ड, स्वीट्जरल्याण्ड, जर्मनी, बेल्जियम, इटाली, स्पेन र बेलायत गरी १० युरोपेली देशका कुल ४८ प्रतियोगीहरुले प्रतिस्पर्धामा गरेका छन् ।


– फोटो- शिव भण्डारी