१२ बैशाख २०८१, बुधबार
Follow Us

मोना यूकेको नेपाली नयाँ बर्ष (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७५, आईतवार २२:४१

म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतले नेपाली नयाँवर्ष मनाएको छ । शुभकामना साँझ नाम दिएर हरेक वर्ष आयोजना गरिने सो कार्यक्रमको प्रमुख अतिथि रसमुर बोरो मेयर सोफिया चौधरी थिइन् । कार्यक्रममा बोरोका काउन्सिलर लिडर, काउन्सिलरहरु, काउन्सिलका अधिकारीहरु, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मोना युकेका अध्यक्ष कमल पुर्जाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक दल जुग्जालीले गरेका थिए । कार्यक्रम संचालन महासचिव कुमार फगामी र सचिव लालबहादुर पुनले गरेका थिए भने साँस्कृतिक कार्यक्रम नुनु थापा र चन्द्र थजालीले गरेका थिए ।

कार्यक्रमको अर्को चरणमा टंक शेरचन, मञ्जु बिक, क्याप्टेन बीरबहादुर थापा, तुलचन्द्र तिलिजा, इन्दिरा गुरुङ, कल्पना गुरुङ, मनसुधन थापा, चन्द्रा कार्कीले गीत गाएका थिए । आयुष्मा फगामी, गीता पाइजा, बबी पाइजा, सुष्मा रोका, सुसिता रोका, सुमिता रोका, शर्मिला रोका, मेरिना पाइजा, आस्था फगामी, दुर्गादेवी पुनले नृत्य प्रस्तुत गरेका थिए ।

धौलागिरी नौमती बाजाले नौमती बाजामा साथ दिएका थिए भने लाइभ लोकदोहोरी पनि गाइएको थियो । कार्यक्रममा मोना युकेमा उत्कृष्ट कार्य गर्ने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो भने गत वर्ष दिवंगत मोना युकेका सदस्यहरुको सम्झनामा एक मिनेट मौनधारण गरियो।

कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष शेर सुनार, एनआरएनए आइसिसी सदस्य शान्ति थापा कुँवर, पूर्व सांसद नरबहादुर पुन, म्याग्दी प्रवासी नेपाली संघ मोना अन्र्तराष्ट्रियका संस्थापक अध्यक्ष प्रकाश पुन,लगायतको उपस्थिति थियो । यसैबीच शुभकामना साँझका संयोजक एवम् मोना यूकेका बरिष्ठ उपाध्यक्ष दल जुग्जालीले आर्थिक,भौतिक र नैतिक सहयोग गर्ने सम्र्पूर्णलाई धन्यवाद ज्ञापन गदैं भविस्यमा पनि सहकार्यको अपेक्षा गरेका छन् । मोना यूकेले म्याग्दी जिल्लामा तीनवटा एम्बुलेन्स सहित शिक्षा, स्वास्थ्य लगाएत विभिन्न क्षेत्रमा सहयोग गरेको छ । विनेपाली