७ बैशाख २०८१, शुक्रबार
Follow Us

मध्यपूर्वका एनआरएन र मन्त्री बिष्टसंग भेट

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७५, आईतवार २३:११

लण्डन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिस्टसंग मध्यपूर्वमा रहेका गैर–आवासीय नेपालीहरुले औपचारिक रुपमा भेट गरी बैदेशिक रोजगार तथा अप्रवासी कामदारहरुका बारेमा महत्वपूर्ण सुझावहरु दिएका छन् ।

बैदेशिक रोजगार पत्रकार समाजद्धारा आयोजित कार्यक्रममा एनआरएनका सचिब डीबी क्षेत्री, एनआरएनए मध्यपूर्व संयोजक आरके शर्मा लगायत अन्य एनआरएन अभियन्ताहरुले बैदेशिक रोजगार क्षेत्रमा कसरी सुधार गर्न सकिन्छ भन्ने बारेमा सुझाब पेश गरेका हुन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिस्टले बिदेशमा रहेका नेपाली कामदारहरुले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदान र रेमिट्यान्सलाई कसरी उत्पादन क्षेत्रमा खर्च गर्न सकिन्छ भन्ने बिषयमा राज्यले अध्ययन गरिरहेको बताए । उनले नेपाली युवाहरुले बैदेशिक रोजगारीबाट पर्याप्त आम्दामी गर्नसक्ने गरी सरकारले कार्य गर्ने जानकारी दिए ।

सो अवसरमा एनआरएनएका सचिब तथा बैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिका संयोजक डीबी क्षेत्रीले बिदेशमा कार्यरत नेपालीहरुका लागि स्वदेशमा लगानीमैत्री वातावरण गर्नुपर्नेमा सरकारले जोड दिनुपर्ने सुझाव दिए ।

त्यस्तैगरी एनआरएनएका मध्यपूर्व संयोजक आरके शर्माले नेपाली कामदारहरुले विदेशमा भोग्नुपर्ने कठिनाइका बारेमा चर्चा गरे । सो कार्यक्रममा सहभागी सबै वक्ताहरुले बैदेशिक रोजगारीलाई कसरी ब्यवस्थित गर्न सकिन्छ भन्ने बारे आआफ्नो धारणा ब्यक्त गरेका थिए ।