८ बैशाख २०८१, शनिबार
Follow Us

घुस रकमसहित सहायक प्रबन्धक पक्राउ

नेपालब्रिटेन संवाददाता
१० बैशाख २०७५, सोमबार १५:२१

बर्दिवास । महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित आज पक्राउ गरेको छ । आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले सेवाग्राहीसँग लिएको रु ५० हजार घुस रकमसहित उनलाई पक्राउ गरेको हो ।

बर्दिवास–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत रु १० लाख ऋण दिइने भन्दै काफ्लेले सो को पाँच प्रतिशत रकम घुसवापत लिएको सो कार्यालयले जनाएको छ ।

काफ्लेलाई हिरासतमा राखी थप अनुसन्धान थालिएको कार्यालयका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले जानकारी दिनुभयो । यसअघि काफ्ले बैंकका सेवाग्राहीको खाताबाट नक्कली चेक बनाई विभिन्न शाखाबाट रु ४० लाख निकालेको आरोपमासमेत पक्राउ परेका थिए । बैंकिङ कसुर गरेको अभियोगमा काफ्लेसहित शाखाका अन्य कार्मचारीहरूमाथि त्यतिखेर दायर भएको मुद्दा अहिलेपनि जिल्ला अदालत महोत्तरीमा विचाराधिन छ ।