१२ बैशाख २०८१, बुधबार
Follow Us

भारतीय प्रम मोदीलाई जनकपुरमा अभिनन्दन

नेपालब्रिटेन संवाददाता
११ बैशाख २०७५, मंगलवार ०४:४५

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार भारतीय पक्षले प्रस्ताव गरेको मोदीको दुई दिने नेपाल भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेका छन् ।

‘अलि पर सार्ने कि भन्ने पनि कुरा भएको थियो तर अन्तिममा भारतीय प्रस्तावअनुसार नै भ्रमणको तिथि टुंगो लाग्यो,’ स्रोतले भन्यो । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर पनि जाने भएका छन् । त्यहाँ उनलाई अभिनन्दन गरिने छ ।
परराष्ट्र मन्त्रालयले भने भ्रमणबारे छलफल भइरहे पनि तयारी सुरु नभएको बताएको छ ।

मोदीको भ्रमणको मिति भारतीय सञ्चारमाध्यमले यसअघि नै मिति सार्वजनिक गरे पनि भारतले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्री बनेपछि मोदीले तेस्रो पटक नेपाल भ्रमण गर्न लागेका हुन् । यसअघि सन् २०१४ मा प्रधानमन्त्री बने लगत्तै र पछि सार्क सम्मेलनमा भाग लिन मोदी नेपाल आएका थिए ।