१५ चैत्र २०८०, बिहीबार
Follow Us

आज तेह्रौँ लोकतन्त्र दिवस

नेपालब्रिटेन संवाददाता
११ बैशाख २०७५, मंगलवार ०४:५१

काठमाडौं । आज लोकतन्त्र दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । २०६२÷२०६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको आज १२ वर्ष पूरा भएको छ । १९ दिने जनआन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदैछ । यसैका जगमा तत्कालीन नेकपा (माआवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न गरी जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वा्चित प्रधानमन्त्रीलाई बर्खास्त गरी कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि प्रतिनिधिसभा पुनःस्र्थापनाको मागसहित सडकमा ओर्लेका सात राजनीतिक दल र जनयुद्धमा रहेको माओवादीबीचको सहकार्यले जनआन्दोलन सफल भएको थियो ।

जनआन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा पुनःस्र्थापना गरी आफूले लिएको कार्यकारी अधिकार फिर्ता गरेको दिन वैशाख ११ को ऐतिहासिक महत्व छ । २५ जना नेपालीले जनआन्लोलन सफल पार्नेक्रममा जीवन बलिदान गरेका थिए भने थुप्रै घाइते भए ।

जनआन्दोलनको सफलताको जगमै विस्तृत शान्ति सम्झौता भइ शान्ति प्रक्रिया आरम्भ भएको थियो भने संविधानसभा मार्फत नेपालको नयाँ संविधान जारी भएको थियो । देशमा नयाँ संविधान जारी भएसंगै व्यवस्था परिवर्तन भएको छ तर अझै जनताले वास्तविक लोतन्त्रको आभास गर्न पाएका छैनन् ।