८ बैशाख २०८१, शनिबार
Follow Us

खुर्पा प्रहार गरी नेपालीको हत्या

नेपालब्रिटेन डट कम्
१४ भाद्र २०७३, मंगलवार ०५:३०

गोरखा । गोरखाको हर्मी गाविस–९ मौवास्वाँराका ६० वर्षीय पीताम्बर नेपालीको खुर्पा प्रहारबाट हत्या भएको छ ।

खेत गोडेर फर्किएका हर्मीका ४९ वर्षीय जीतबहादुर भण्डारीले आपसी विवाद हुँदा सोमबार दिउँसो पीताम्बरलाई खुर्पा प्रहार गरी हत्या गरेका हुन् । पीताम्बरको हातमा रहेको खुर्पा खोसेर जीतबहादुरले प्रहार गर्दा घाँटीमा गहिरो चोट लागेको थियो ।

स्थानीय रामचन्द्र ढकालको तिलबारी माथिको गोरेटो बाटोमा आपसी विवाद हुँदा जीतबहादुरले पीताम्बरलाई खुर्पा प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । खुर्पा प्रहार गरी हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोमबारै जीतबहादुरलाई नियन्त्रणमा लिएको छ ।