१२ बैशाख २०८१, बुधबार
Follow Us

पर्वत वेलफेयर यूकेको नयाँ वर्ष कार्यक्रम धुमधाम (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७५, मंगलवार १२:४२

लन्डन– पर्वत वेलफेयर सोसाइटी यूकेले अल्डरसटमा ‘नयाँ वर्ष शुभकामना सांझ’ कार्यक्रम गरेको छ ।
सोसाइटीको निमन्त्रणामा बेलायत आएका चर्चित लोकगायक बिमलराज क्षेत्रीले दर्जन भन्दा बढी गीत गाएर दर्शकलाई नचाए । गायक क्षेत्रीले प्रस्तुति दिँदा अडियन्सले वान्स मोर मागिरहे । क्षेत्रीसहित मोडल तथा चर्चित गायिका प्रिति आले र गायक रमेशराज भट्टराईले पनि आ आफ्नो प्रस्तुति दिए ।

सोसाइटी यूकेका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिसहित सहभागीले नयाँ वर्ष शुभकामना आदानप्रदान गरे । लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्य, अन्तर्राष्ट्रिय पर्वत सेवा समाजका अध्यक्ष पुरन गिरी, अन्तर्राष्ट्रिय पर्वत सेवा समाजका उपाध्यक्ष एवं पर्वत सेवा समाज बेल्जियमका अध्यक्ष झलक केसी, दूतावासका थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी पनि अतिथीको रुपमा सहभागी थिए ।

कार्यक्रममा एनआरएन अगुवाहरु जीवा लामिछाने, रामप्रताप थापा, कुमार पन्त, कुल आचार्य, चिरन्जिवी ढकाल, रामशरण सिम्खडा, कृष्ण भट्ट, विजन भट्ट लगायत सयौं सहभागी भए । बाग्लुङ समाज यूकेका उपाध्यक्ष छवीमाया पुन, तमु समाज यूके अध्यक्ष अर्जुनकुमार गुरुङ, मगर संघ यूकेका पूर्व अध्यक्ष थर्क राना, संस्थाका सल्लाहकारहरु पैंयू खोला मगर समाज यूकेका धन थापा, दुर्लुङ समाज यूकेका अध्यक्ष रक्ष गुरुङ, सालिजा समाज यूकेका अध्यक्ष गंगा खोजा, चार भन्ज्याङ तमु समाज यूकेका अध्यक्ष कृष्ण गुरुङ, पैंयू खोला तमु समाजका अध्यक्ष क्याप्टेन कर्णबहादुर गुरुङ लगायतको विशेष उपस्थिति थियो ।
कार्यक्रममा पर्वत जिल्ला भित्रका १८ वटा संस्थाका प्रतिनिधि समेत सहभागी थिए ।


कार्यक्रममा पर्वत सेवा समाज बेल्जियमका अध्यक्ष झलक केसीले शुभकामना मन्तव्य राखेका थिए । सोसाइटी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सन्जिव गुरुङले स्वागत मन्तव्य दिए ।
यसैबीच पर्वतबाट बेलायत बसोबास गरि विशिष्ट योगदान पुर्‍याउने मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ, काउन्सिलर डा. जगन्नाथ शर्मा, मेजर धीर पुन, समाजसेवी गोलमान गुरुङ, चन्द्रबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, धन क्षेत्री, यज्ञ क्षेत्री, सरस्वती केसी, ध्रुव दत्तलाई सम्मान गरियो । सूर्य गुरुङ, क्याप्टेन एकनारायण गुरुङ, उज्वल गुरुङ, पूर्ण गुरुङ र झक गुरुङलाई पनि सम्मान गरिएको थियो ।