१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अध्यक्षले एकलौटी गरेपछि नेविसंघमा विवाद

नेपालब्रिटेन संवाददाता
११ बैशाख २०७५, मंगलवार १५:१५

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले केन्द्रीय समितिको बैठक बिना नेतृत्वले आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्याम्पसमा जिम्मेवारी दिएको भन्दै उक्त निर्णय खारेज गर्न माग गरेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे असन्तुष्ट पक्षले विधान विपरीतका निर्णय खारेज गर्न माग गरेको हो । पत्रकार सम्मेलनमा असन्तुष्ट पक्षका नेताहरुले नेबि संघ अध्यक्ष नैनसिंह महरले संगठन तानाशाही शैलीमा चलाएको आरोप लगाए ।

असन्तुष्ट नेताहरुले महाधिवेशन सुनिश्चितताकालागि तत्काल विधान सम्मेलन राखी मिति तोक्न माग पनि गरेका छन् । संघको ११ औँ महाधिवेशन भएको तीनमहिना भित्र विवादित जिल्लाको विवाद समाधान भएको छैन । नेबिसंघ अध्यक्ष महरले विधान विपरीत काम गरेको भन्दै असन्तुष्ट नेताहरुले सोमबार काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गराएका थिए ।