७ बैशाख २०८१, शुक्रबार
Follow Us

सुडानमा नेपाली सेनामाथि बलात्कारको आरोप

नेपालब्रिटेन संवाददाता
११ बैशाख २०७५, मंगलवार १५:१७

सुडान । दक्षिणी सुडानमा शान्ति स्थापनाका लागि खटिएको नेपाली सेनामाथि बलात्कारको आरोप लागेको छ । नेपाली सेनाले दुई किशोरीलाई बलात्कार गरेको आरोप आफूहरुले अप्रिल १३ मा प्राप्त गरेको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले घटनालाई जघन्य भन्दै सुक्ष्म अनुसन्धान गरिने जनाएका छन् । यसैबीच राष्ट्रसंघको आग्रहलाई स्वीकार गर्दै नेपालले अनुसन्धानकर्ताहरुको एक टोली पठाउने निर्णय समेत गरेको छ ।

संयुक्त राष्ट्रसंघले दक्षिणी सुडानमा शान्ति स्थापनाका लागि १४ हजार आठ सय शान्ति सेना खटाएको छ । घटनालाई लिएर राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले समेत चिन्ता व्यक्त गरेका छन् ।