१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लुम्बिनीबारे प्रचार गर्न जापानमा शान्ति पदयात्रा हुने

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७५, मंगलवार १९:३३

नारायण रिमाल ।

टोकियो- जापानको राजधानी टोकियोमा शान्ति पदयात्रा गरिने भएको छ। गौतम बुद्ध र उनको जन्मस्थल लुम्बिनीबारे जापानमा प्रचार गर्न चौथौं शान्ती पदयात्राको आयोजना गर्न लागीएको हो। बिगतका बर्षहरूमा ‘वि फर अल जापान’ र नेपाल जापान यूथ क्लबको संयुक्त आयोजनामा हुने गरेको यस कार्यक्रम यसपटक भने एनआरएनए जापानको आयोजनामा सम्पन्न हुँदैछ।

‘शान्ती पद यात्राले बुद्धको जन्मस्थलबारेको जापानी नागरिकहरूको भ्रम लाई चिर्न मद्दत पुग्ने छ’, एनआरएनए जापानका उपाध्यक्ष तथा शान्ती पदयात्राका संयोजक सरोज कुमार खत्रीले भने, ‘जापानबासी सम्पूर्ण नेपालीहरूको उपस्थितिमा कार्यक्रमलाई सफल बनाउनेछौं।’ अप्रिल २९ तारिख आईतबारका दिन आयोजना हुन लागेको शान्ती पदयात्राले बुद्ध नेपालमा जन्मीएका हुन् भन्ने सन्देश दिनुका साथै नेपालको पर्यटन प्रबर्दन समेत हुने अर्का संयोजक लेलिन भट्टचनले नागरिकन्युजलाई बताए।

गतवर्ष सम्म टोकियोको सिबुया मियाशिता पार्कमा आयोजना भएको शान्ती पदयात्रा यस पटक भने टोकियोको मुटु मानिने सिन्जुकु चोउ पार्क बाट सुरु हुनेछ। बिहान १०:३० बजे पार्कमा भेला भर्इ ११ बजेबाट गरिने शान्ती पदयात्रामा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश बोकेका प्लेकार्ड,ब्यानर सहित शान्तीपूर्ण ढंगले यात्रा गरिने आयोजकले जनाएको छ।पदयात्रा मार्फत् नेपाली कला,संस्कृति,भेषभुषा आदिको समेत प्रचार हुने भएकोले नेपाल र नेपालीको परिचय दिने भेषभुषामा सहभागी हुन आयोजक एनआरएनए जापानले सम्पूर्ण जापानबासी नेपालीलाई हार्दिक अपिल गरेको छ।