१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भारतबाट फर्के लगत्तै प्रधानमन्त्री न्युयोर्क जाने

नेपालब्रिटेन डट कम्
१४ भाद्र २०७३, मंगलवार ०५:३८

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी असोज ३ गते संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क जानुहुने भएको छ । पराराष्ट्रमन्त्री मन्त्री डा. प्रकाशशरण महतका अनुसार प्रधानमन्त्रीले महासभालाई सम्बोधन गर्ने कार्यक्रमसमेत छ । भदौ अन्तिममा हुने भारत भ्रमण लगत्तै प्रधानमन्त्री एक हप्ताका लागि न्युयोर्क जान लाग्नुभएको हो ।
प्रधानमन्त्री असोज ११ गते स्वदेश फर्कनुहुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री डा. महत, परराष्ट्रका कर्मचारी तथा केही पत्रकार समेत सहभागी हुनुहुनेछ । त्यसअघि प्रधानमन्त्री भदौ ३० गते भारत भ्रमणमा जाने र असोज २ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।