१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सत्ता परिवर्तनका बेला मात्र सांसद बैठकमा

नेपालब्रिटेन डट कम्
१४ भाद्र २०७३, मंगलवार ०५:४३

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुले संसदलाई उपेक्षा गरेको भन्दै सांसदहरुले आक्रोश व्यक्त गरेका छन् । शीर्ष नेताहरुले संसदलाई सत्ताको भर्‍याङ बनाउने कार्यवाहेक अरु केही नगरेको आरोप सांसदहरुको छ । सत्ता परिवर्तनको समयबाहेक शीर्ष नेताहरु संसद बैठकमा उपस्थित नहुने गरेको गुनासो सांसदहरुको छ ।
संविधानसभाको पहिलो बैठकदेखि व्यवस्थापिका संसदको हिजो सोमबार बसेको बैठकसम्म अधिकांश दिन शीर्ष नेताहरुसहितका पहिलो मर्यादाक्रममा रहने सबै नेताको कुर्सी खाली देखिएको थियो ।
संसदको सोमबारको बैठकमा सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रका सांसद जनराज जोशीले विशेष समय लिएर संसदमा शीर्षसहति पहिलो मर्यादाक्रममा रहेने नेताहरुको आसन महिनौसम्म किन र केका लागि खाली हुन्छ भन्दै सभामुखको ध्यानाकर्षण गरे । उनका अनुसार संसदमा शीर्ष नेताहरु सहभागी हुनु भनेको संसदीय मूल्यमान्यता र परम्पराको गरिमा बढ्नु हो ।