७ बैशाख २०८१, शुक्रबार
Follow Us

तीन दलको बैठकमा संविधान संशोधनको गृहकार्य

नेपालब्रिटेन डट कम्
१४ भाद्र २०७३, मंगलवार ०५:५०

काठमाडौं । संविधान कार्यान्वयन र मधेशी मोर्चालाई सहमतिमा ल्याउने बिषयमा छलफल गर्न प्रमुख तीन राजनीतिक दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठकमा संविधान कार्यान्वय गर्ने बिषयमा छलफल भएको बताइएको छ ।
संविधान कार्यान्वयन गर्न र निर्वाचन गराउन आवश्यक एैन कानुन निर्माणका बिषयमा दलहरुवीच छलफल भएको छ । यस्तै, बैठकमा मधेशी मोर्चाका माग संवोधन गर्ने बिषयमा पनि छलफल हुने नेताहरुले जानकारी गराएका छन् । यस अघि मधेशी मोर्चा र कांग्रेसका नेताहरुसंग भएको अनौपचारिक छलफलमा संविधान संशोधन, आन्दोलनका घाइतेको उपचार खर्च र शहिद घोषणा गर्ने बिषयमा छलफल गर्ने भनिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले भने संविधान संशोधनको औचित्य नरहेको बताउदै आएको छ ।