१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कान्तिपुर टिभीको समाचार भ्रामक : कांग्रेस प्रवक्ता

नेपालब्रिटेन संवाददाता
१२ बैशाख २०७५, बुधबार १५:०४

काठमाडौं । वैशाख १० गते राति ८ः०० बजे र वैशाख १२ गते विहान १० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालयका विषयमा कान्तिपुर टेलिभिजनले प्रसारित समाचार भ्रामक भएको नेपाली कांगे्रसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । उनले समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । गत निर्वाचनका क्रममा प्रचार प्रसार सामाग्री खरीदबारे प्रस्तुत कान्तिपुर टेलिभिजनको समाचार भ्रामक रहेको तथ्यप्रति हामी प्रष्ट छौं, प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिको छ, निर्वाचनमा भएको खर्च सम्बन्धी सम्पूर्ण विवरण पारदर्शी ढंगले निर्वाचन आयोगमा समेत बुझाई सकिएको छ । तथ्य र सही सूचनाका आधारमा समाचार सम्प्रेषण गर्नु संचार जगतको धर्म हो । अतः वेनामी पत्रका आधारमा एउटा जिम्मेवार राजनैतिक दलको केन्द्रीय कार्यालयका बारेमा कुनै पनि समाचार बनाइनु अत्यन्तै दुःखद विषय हो । यस सम्बन्धमा केन्द्रीय कार्यालयका तर्फबाट मिति २०७५ वैशाख ११ गते कान्तिपुर टेलिभिजनलाई एक पत्र पठाई प्रष्टिकरण समाचार प्रसारण गर्नका लागि पार्टीका तर्फबाट अनुरोध समेत गरिएको थियो ।
यस प्रकारको भ्रामक समाचारप्रति कुनै सत्यता नरहेको तर्फ नेपाली कांग्रेस सार्वजनिक रुपले सबैलाई जानकारी गराउन चाहन्छ, शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।