जुधाएर आँखा गलायौ तिमीले
नबोली नबोली ढलायौ तिमीले
लगेछौ दिलै यो सुटुक्कै नसोधी
थियो जादु के त्यो चलायौ तीमीले
म पर्खी बसेकी थिएँ मूल बाटो
गयौ मार्ग भिन्नै छलायौ तिमीले
दुखेको छ छाती टुटेको छ आशा
खरानी बनाई जलायौ तिमीले
सधैं साथ हामी हुने भन्दथ्यौ त
भयो के र ऐले थलायौ तिमीले
भवानी तिमिल्सिना न्यौपाने
मकवानपुर