७ बैशाख २०८१, शुक्रबार
Follow Us

गोरे खोज्न इन्टरपोलको सहायोग खोज्दै प्रहरी

नेपालब्रिटेन संवाददाता
१३ बैशाख २०७५, बिहीबार ०५:१४

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन काण्ड र भरिया सनम शाक्यको हत्या अभियोगका नाइके चुडामणि उप्रेती गोरे खोज्न नेपाल प्रहरीले इन्टरपोलको सहायता लिने भएको छ । शाक्यको हत्यापछि फरार रहेका उप्रेतीको खोजी गर्न अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सूचना जारी गर्न लागिएको हो । इन्टरपोलमा संसारभरका १ सय ९२ राष्ट्रहरु सदस्य छन् ।

नेपाल प्रहरीको मात्र खोजी सूचीमा रहेका गोरे इन्टरपोलमा सूचना सार्वजनिक भएपछि १ सय ९२ देशका प्रहरीको खोजी सूचीमा रहनेछन् । मोरङ प्रहरी प्रमुख अरुणकुमार बिसीले सुन काण्ड र सनम शाक्य हत्या अभियोगका नाइके भनिएका उप्रेतीलाई इन्टरपोलमा सूचना जारी गर्न लागिएको बताउनुभयो ।

गोरे नेपालबाहिर रहेको थाहा पाएको प्रहरीले खोजीका लागि इन्टरपोलमार्फत डी फ्यूजन नोटिस जारी गर्नलाई आवश्यक प्रक्रिया शुरु गरिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४ किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले विसं २०७४ भदौ १४ मा टोखा नगरपालिका–११ सामाखुशीमा फेला परेको सुन कारोबारीमा संलग्न चिनियाँ नागरिक ४० वर्षीय जेड हङलाई मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरी हिजो सार्वजनिक गरेको हो ।

सोही समयमा उक्त सुन सामाखुशीमा सिन्धुपाल्चोकका पेम्बा दोर्जे शेर्पा बस्ने कोठाबाट प्रहरीले बरामद गरेको थियो भने एक किलो भने धनुषाबाट बरामद गरेको थियो ।