७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस बैठकमा आज पदाधिकारीले धारणा राख्दै

नेपालब्रिटेन संवाददाता
१३ बैशाख २०७५, बिहीबार ०८:०१

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक आज पनि चल्नेछ । आज बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव लगायतले चुनावमा पार्टीले सोचेजस्तो नतिजा ल्याउन नसकोको विषय तथा पार्टीको भावी रणनीतिबारे धारणा राख्ने नेपाली काँग्रेसले जनाएको छ ।

चैत ९ गतेदेखि सुरु भएको बैठकमा केन्द्रिय सदस्यको पालो सकिएपछि पदाधिकारी र पूर्व पदाधिकारीले धारणा राख्ने क्रम चलिरहेको छ । पदाधिकारीले बोल्ने क्रम नसकिएकाले बुधबार सकिने भनिएको बैठक विहीबार पनि चल्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकमा बरिष्ठ नेता पौडेल पक्षका नेताले सभापति शेरबहादुर देउवाको असक्षम नेतृत्वका कारण पार्टीले चुनावमा हार ब्यहोर्नुपरेको आरोप लगाइरहेका छन् भने देउवा पक्षका नेताहरुले हारको जिम्मेवारी सामुहिक रुपमा लिनुपर्ने बताउँदै आएका छन् । दुवै पक्षका सातजना युवा नेताले भने पार्टीको महाधिवेशन तत्काल बोलाएर नयाँ नेतृत्व चयन गर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने माग गरेका छन् ।