१२ बैशाख २०८१, बुधबार
Follow Us

एमालेसँगको एकता भाँड्न विदेशी शक्ति केन्द्र सक्रिय :दाहाल

नेपालब्रिटेन संवाददाता
१३ बैशाख २०७५, बिहीबार १६:३९

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको एकता भाँड्न विदेशी शक्ति केन्द्र सक्रिय भएको बताएका छन् । रौतहटको चन्द्रपुरमा भएको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष दाहालले एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफनो ठाउँबाट दवाव दिन आग्रह गरे ।
उनले एकता देशको चाहना भएपनि सम्मानित, न्यायोचित र समानताका आधारमा गर्नु मुख्य चुनौति रहेको बताए । पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको भन्दै शुक्रबार दुबै पार्टीका कार्यदलले बुझाएका दस्तावेजलाई छलफल गरी अन्तिम रुप दिने अध्यक्ष दाहालको भनाई थियो ।