११ बैशाख २०८१, मंगलवार
Follow Us

काँग्रेस बैठक : दुई नेताद्वारा उपसभापतिमा दावी

नेपालब्रिटेन संवाददाता
१३ बैशाख २०७५, बिहीबार १६:४९

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले आज उपसभापतिमा दाबी गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा आज नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आआफूले उपसभापति पाउनुपर्ने माग गर्नुभयो । बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचनअघि नै सभापति शेरबहादुर देउवाले दिनुभएको बताउनुभयो ।
गच्छदारअघि बोल्नुभएका नेता श्रेष्ठले पनि उपसभापतिमा आफ्नो दावी पेश गर्नुभएको थियो । समीक्षासम्बन्धी बैठक निरन्तर जारी छ । बैठक शुक्रबार बिहान ९ बजे पुनः बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।