१५ चैत्र २०८०, बिहीबार
Follow Us

धुर्मुस-सुन्तली फाउन्डेसनलाई जनसम्पर्क समिति नेदरल्याण्ड्सले सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७५, बिहीबार १८:३८

काठमाडौँ । नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सले धुर्मुस-सुन्तली फाउन्डेसनलाई सहयोगार्थ परोपकारी साँस्कृतिक कार्यक्रम गर्ने भएको छ।

आउने ३० अप्रिलका मा आमस्टारडाममा हुने उक्त साँस्कृतिक कार्यक्रममा नेपालका ख्याति प्राप्त गाएकहरु विष्णु खत्री र तुलसा जिशीको प्रस्तुति रहने छ।

कम्तिमा एक लाख रुपैयाँ सहयोग गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त कार्यक्रमको सवै तयारी भै सकेको छ।

नेपाली जनसंपर्क समितिका अध्यक्ष पदम बहादुर क्षेत्रीले सवै नेपाली संघसंस्थाहरुलाई पत्रचार गरिएको र यो अति विशुद्ध उद्धेश्यले आयोजना गरिएको कार्यक्रम भएको कारण उपस्थितीको लागि सवैलाई अनुरोध गरेका छन्।

हल व्यवस्थापन, नेदरल्याण्ड्सका सवै नेपाली संघसंस्थाहरुलाई पत्रचार भै सकेको छ। कार्यक्रमममा प्रवेश शुल्क दश युरो र निशुल्क खानाको समेत व्यवस्था गरिएको छ।

आमस्तारडामको मिरर सेन्तरमा आयोजना गरिएको उक्त कार्यक्रम बेलुकी पाँच बजेबाट संचालन हुने छ।

सोही स्थानमा गुरुगं समाजको आयोजनमा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६२ औं जन्म जयन्ती दिउँसो एक बजेबाट नेदरल्याण्ड्सका सवै नेपाली संघसंस्थाको समेत सहयोगमा मनाइने भएको छ।