१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन आप्रवास समस्या समाधान उपसमिति गठन

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७५, बिहीबार १९:३०

काठमाडाैं । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन) ले आप्रवास समस्या समाधान उपसमिति गठन गरेको छ । वैदेशिक रोजगारीमा गएकाहरुको समस्या समाधानमा पहलकदमी चाल्ने उद्देश्यले सो उपसमिति गठन गरिएको हो ।

एनआरएन २०१७- २०१९ को कार्यकालका लागि गठन गरिएको उपसमितिमा स्पेनका दीपक खरेल संयोजक नियुक्त हुनुभएको छ । खरेलको संयोजकत्वमा ३३ सदस्यीय उपसमिति गठन गरिएको छ ।

समितिमा पोल्यान्डबाट आनन्द घिमिरे, पोर्चुगलबाट गोविन्द सापकोटा, चेक रिपब्लीकबाट डा. चिरन्जीवी खडका, डेनमार्कबाट दिपक सापकोटा, बेल्जियमबाट नारायण अधिकारी, स्पेनबाट रामकृष्ण पुडासैनी, बेल्जियमबाट गोविन्द ओली, स्पेनबाट राज खनाल, अष्टेलियाबाट नवीन मौनाली, अमेरिकाबाट मोहन विष्ट, साउदी अरव सुरेशराज त्रिपाठी, स्पेनबाट केदारनाथ ढुंगाना, यूकेबाट मिलन शर्मा, अमेरिकाबाट कुन्ती थापा समितिमा पर्नुभएको छ ।

त्यसैगरि समितिमा पोर्चुगलका दिपक पौडेल, स्पेनका सन्तोष पौडेल, पोल्यान्डका मित्रलाल पर्दी, रोमानीका श्रीकृष्ण पुरी, लक्जेमवर्गका बालहरि राई, इजरायलकी भगवती बस्नेत, ग्रीसका कृष्ण पोखरेल, ईटालीका दिनेश बल्ल श्रेष्ठ, स्वीडेनका प्रेम गौतम, रसियाका दिल्ली खरेल (सुमन ), नर्वेका कुमार पण्डित, जर्मनीका डा. यज्ञ अधिकारी, फान्सका मिनकुमार श्रेष्ठ, रोमानीयाका नवराज पोखरेल, दोहका मोहम्बत रमजन अली, अमेरिकाबाट सुरेश कोइराला र अष्ट्रेलियाका चर्तुभुज खरेल रहनुहुन्छ ।

समितिमा चार सदस्यीय सल्लाहकार रहनु भएको छ । एनआरएन उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी, टिवी कार्की र आइसिसी सदस्य धरम केसी सल्लाहकार रहनु भएको छ । संयोजक दिपक खरेलले दैनिक बढ्दै गइरहेको मानव तस्करी रोक्न र वैदेशिक समस्या समाधानमा सरकारसँग मिलेर काम गर्ने गरि भूमिका निर्वाह गर्ने बताउनुभयो ।