१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भवन निमार्णको खर्च जुटाउन एनआरएनको उपसमिति गठन

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७५, बिहीबार २२:२९

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को काठमाण्डौंस्थित कार्यालय भवन निमार्णको लागि खर्च जुटाउन एक उपसमिति गठन गरिएको छ । संघका उपाध्यक्ष कुमार पन्तको संयोजकत्वमा रहेको ‘एनआरएनए विल्डीगं फण्ड’ कार्यदललाई विस्तार गरिएको हो । समितिको सदस्यमा सोनाम लामा (अमेरिका), हिक्मत थापा (अफ्रिका), डमर घले (वेलायत), शुवास अधिकारी (नेपाल), श्याम तामागं (अमेरिका) र हेमन्त दवाडी (नेपाल) रहेका छन् । संघको वालुवाटारमा निमार्णाधीन सो भवनको लागि आर्थिक अभावको कारणले निमार्ण कार्य ढिलाई भैरहेको वताएको छ ।