६ चैत्र २०८०, मंगलवार
Follow Us

देह व्यापार गर्ने रेष्ट्रुरेन्ट सञ्चालक पक्राउ

sarusaru
१४ बैशाख २०७५, शुक्रबार ०३:०५

काठमाण्डौ –सुनवल १२ नवलपरासीस्थित एक रेष्ट्रुरेन्ट सञ्चालकलाई महिलाहरुको देह व्यापार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपरासीले पक्राउ गरेको छ । सुनवलका देवबहादुर मगर र मध्यविन्दु नगरपालिका १२ का यामुना गुरुङले केही महिनाअघिबाट सञ्चालन गर्दै आएको उक्त रेष्ट्रुरेन्टमा सञ्चालकहरुले काम गर्ने युवतीको देह व्यापार गराइरहेको भनी स्थानीयबाट गुनासो आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गत वैशाख ८ गते रेष्ट्रुरेन्टमा छापा मारेको थियो । प्रहरीले छापा मारेलगत्तै रेष्ट्रुरेन्ट सञ्चालक फरार रहेका थिए । खानतलासी गर्दा उक्त रेष्ट्रुरेन्टबाट प्रयोग गरिएका र प्रयोग नगरिएका कण्डम ठूलो परिमाणमा प्रहरीले फेला पारेको थियो । उक्त रेष्ट्ररेन्टमा काम गर्ने तीन जना युवतीहरुलाई प्रहरीले उद्धार गरी माइती नेपाललाई जिम्मा लगाएको थियो । घटनामा संलग्न रेष्ट्रुरेन्टका सञ्चालकहरुलाई मानव बेचविखन तथा ओसारपसार अन्तर्गत जिल्ला अदालत नवलपरासीमा मुद्दा दर्ता गराई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले बताए ।