१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनको सम्मानमा नेपाली दूतावास वासिन्टनमा कार्यक्रम

नेपालब्रिटेन डट कम्
१४ भाद्र २०७३, मंगलवार १३:१३

अमेरिका । गैरआवासीय नेपाली सँघको क्षेत्रिय सम्मेलनमा भाग लिन आएका प्रतिनिधीहरुका लागि नेपाली दूतावास अमेरिकाले रिसेप्सन दिएको छ ।
सोमबार साँझ दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नयाँ संविधान जारी भए पछि केही राजनैतिक दलहरुले देखाएको असन्तुष्टिलाई संविधान संसोधन मार्फत सम्बोधन गर्न सकिने विचार ब्यक्त गरेका छन् । उनले संविधानमा धेरै लचिलो संशोधनको व्यवस्था गरिएको विचार ब्यक्त गर्दै भने नयां संविधानको विषयलाई लिएर स्वभाविक रुपमा केही दलहरुको केही असन्तुष्टिहरु रहेका छन् । त्यस्तो असन्तुष्टिहरुलाई सम्बोधन गर्ने संविधानमा राम्रो र पर्याप्त व्यवस्था पनि राखिएको छ । उनले छिमेकी भारतले १ सय २२ पटक भन्दा बढी आफ्नो संविधान संशोधन स्मरण गराउँदै दलहरुको छलफलबाट असन्तुष्टि पक्षका जायज माग लाई सम्बोधन गरेर अगाडि बढ्न सकिने बताए ।
14079584_10153765823768639_4807318083480593159_n

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले गैरआवासीय नेपाली सँघको क्षेत्रिय सम्मेलनमा भाग लिन यहाँ आइपुगेका एनआरएनहरु र पूर्वसभामुख समेत रहेको नेग्वाङको सम्मान आयोजित उपस्थित अतिथिहरुलाई स्वागत गरेको थिए । कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली सँघका संस्थापक नेता रामप्रताप थापाले विदेशमा बस्ने नेपालीहरुले उठाउदै आएको दोहोरो नागरिकतालाई नयाँ संविधानले सम्बोधन गरेको बताउँदै सबै राजनितिक दलहरुलाई धन्यवाद ब्यक्त गरे । कार्यक्रममा गायत प्रेमराजा महत, गैरआवासीय नेपाली सँघका संस्थापक चिरन्जीबी ढकाल, एनआरएन पूर्वउपाध्यक्ष टिबी कार्की, एनआरएन अष्ट्रेलियका महेन्द्र लम्साल, यहाँस्थित विभिन्न संघसँस्थाका प्रतिनिधी, पत्रकार, बुद्धिजिवी लगायतको उपस्थिती थियो ।
14199266_10153765823633639_4509832431718015302_n