६ चैत्र २०८०, मंगलवार
Follow Us

दुई कोरियाबीच ऐतिहासिक शिखर वार्ता

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०७५, शुक्रबार ०५:०४

सिओल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक शिखर वार्ता भइरहेको छ । दुबै देशका शीर्ष नेता निशस्त्रीकरण गरिएको गाउँ अर्थात् शान्तिक्षेत्र पानमुनजोमको दक्षिणतर्फको भूभागमा बनाइएको भवनमा वार्तामा संलग्न छन् । दुई नेताले भेट गर्दा निकै हौसलापूर्ण भावका साथ हात मिलाएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । वार्ता शिशा र कंक्रिटले बनाइएको शान्तिगृहमा भइरहेको हो ।

किमले शिखर सम्मेलनका लागि मिलिटरी डिमार्केशन लाइन पार गर्दै आइपुगेका हुन । किमको सम्मानमा दक्षिण कोरियाली सैनिकले सलामी अर्पण गरेको छ । सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि दक्षिण कोरियाको भूमि टेक्ने किम पहिलो उत्तर कोरियाली नेता हुन ।

उत्तर कोरियाले आणविक हतियार छोड्न गरेको संकेतका विषयमा ऐतिहासिक वार्ता केन्द्रित रहेको बताइएको छ । वर्षौंदेखिको तनाबलाई रोक्ने सन्दर्भमा वार्ता महत्वपूर्ण हुने अपेक्षा छ । उत्तर कोरियाले परमाणु कार्यक्रम स्थगित गर्ने घोषणा गरेपछि कोरियाली प्रायद्विपमा शान्तिको सम्भावना बढ्दै गएको छ ।

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच पनि शिखर सम्मेलनको तयारी भैरहेको छ । उत्तर कोरियाले परमाणु कार्यक्रम स्थगित गर्ने घोषणा गरेपछि कोरियाली प्रायद्वीपमा शान्तिको सम्भावना बढ्दै गएको छ । उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पनि शिखर सम्मेलनको तयारी भइरहेको छ ।