६ चैत्र २०८०, मंगलवार
Follow Us

कपास उद्योगमा आगलागी; ६ लाखभन्दा बढीको क्षति

sarusaru
१४ बैशाख २०७५, शुक्रबार ०६:००

कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारमा रहेको कपास उद्योगमा बिहीबार साँझ आगलागी हँुदा रु छ लाखभन्दा बढीको क्षति भएको छ ।

वीरबहादुर मालीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी हुँदा तयारी अवस्थाको कपास, रजाई, गद्दालगायत जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगलागी नियन्त्रण गरिएको थियो ।

दुई किलो चरेशसहित पक्राउ

यसैबीच, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका—११ कलुवापुर क्षेत्रबाट प्रहरीले बिहीबार साँझ एकजनालाई दुई किलो चरेशसहित पक्राउ गरेको छ ।

चेकजाँचका क्रममा क्षेत्रीय अनुसन्धान ब्यूरो (आरइटी) र इलाका प्रहरी कार्यालय झलारीको संयुक्त टोलीले शुक्लाफाँटा नगरपालिका–८, पिलरीफाँटाका २१ वर्र्षीय जय जपे्रललाई चरेशसहित पक्राउ गरेको हो । “से २ प ८०१६ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका जपे्रललाई कालो झोलामा चरेश लुकाइछिपाइ लग्दै गरेको अवस्थामा पक्राउ गरेका छौँ, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले भन्नुभयो ।

पक्राउ परेका जप्रेललाई मोटरसाइकल, चरेशसहित इप्रका झलारीको हिरासतमा राखिएको छ । जप्रेललाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उहाँले बताउनुभयो । जप्रेलमाथि लागूऔषध ओसारपसारसम्बन्धी मुद्दा चलाइने बताइएको छ ।
रासस