१२ बैशाख २०८१, बुधबार
Follow Us

‘इन्टु मिन्टु लण्डनमा’ का कलाकारहरुलाई दूतावासमा स्वागत

नेपालब्रिटेन डट कम्
१४ बैशाख २०७५, शुक्रबार १४:४१

नयाँ चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ का कलाकार र प्राविधिक टोलीलाई लण्डनस्थित नेपाली दूतावासमा स्वागत गरिएको छ।

टोलीका कलाकारहरु, निर्माता र निर्देशकको संमानमा नेपाली दूतावासमा बिहीबार बेलुकी आयोजित एक समारोहलाई संबोधन गर्दै बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले लण्डनसंग नाम जोडिएकाले पनि यो चलचित्र प्रति आफ्नो रुची बढेको बताए। उनले चलचित्रको सफलताको कामना पनि गरे।

चर्चित पत्रकार दिलभुषण पाठकले आफुलाई सानै देखि चलचित्रको नायक बन्ने धोको रहेको तर यो चलचित्रमा नायिकाको बाबुको भूमिका निर्वाह गरेरै चित्त बुझाएको बताए। सो अवसरमा चलचित्रकी नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नायक धिरज मगरले छोटो अभिनय पनि गरेर देखाएका थिए।

चर्चित कोरियोग्राफर रेनेशा बान्तवा राइले निर्देशन गरेको बेलायतमा छायांकन गरिन लागेको सो चलचित्रमा विवेक लिम्बु, सरुक ताम्राकार, सुनिसा बजगाँइ लगायतका कलाकारहरु रहेका छन्।

स्वागत समारोहमा चर्चित गायिका सीतु खरेलले राजदूत सुवेदीको गीति एल्बमका केही गीतहरु गाएर सुनाएकी थिइन् भने अमेरिकाबाट आएका कलाकार तथा साहित्यकार कृष्णमुरारी ढुंगानाले आफ्नो सशक्त अभिनय प्रस्तुत गरेका थिए। गायक तथा डिजे सपन राइले पनि आफ्ना गीतहरु सुनाएका थिए।

कार्यक्रममा नेपालबाट आएका राजनीतिशास्त्री हरि शर्मा, खगेन्द्र नेपाली लगायतले मन्तव्य राखेका थिए।