१२ बैशाख २०८१, बुधबार
Follow Us

वाम एकताको नयाँ मिति वैशाख २२ गते

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०७५, शुक्रबार १५:१९

काठमाडौं । अन्तत: वाम एकताको मिति तोकिएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख २२ गते पार्टी एकता हुने संकेत प्राप्त भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज ३ घन्टा गोप्य छलफल भएको थियो । शीर्ष नेताको आज भएको छलफल पछि कार्लमाक्सको जन्म जयन्तीमा पार्टी एकता गर्ने सहमति भएको स्रोतले बताएको छ ।

पार्टी एकता पर सरिरहँदा एकताकै विषयलाई अन्यौल सिर्जना भएको थियो । गत बैशाख ९ गते भएको संयुक्त सभामा ओली र प्रचण्ड दुबैले अघोषित मितिमा पार्टी एकता हुने उद्यघोष गरेका थिए । सोही बमोजिम दुई अध्यक्षहरु यतिबेला पार्टी एकताका लागि छलफलमा जुटिरहेका छन् । कुनै अवरोध सिर्जना नभए मार्क्स जयन्तीकै दिन पार्टी एकता हुने एमाले स्रोतले जनायो ।

ओली र दाहालबीच सांगठानिक संरचना मिलाउन केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीको संख्या बढाउने सहमति यसअघि नै भइसकेको छ ।

दुई अध्यक्षबीच कार्यदलले दिएको २ सय ९९ सय सदस्यीय केन्द्रीय कमिटीको संख्या बढाएर ३ सय ५० सदस्यीय वा सो भन्दा बढी बनाउने सहमति भएको स्रोतको भनाइ छ । माओवादीमा रहेका दोस्रो तहको सवै नेताहरूलाई स्थायी कमिटीमा पार्नका लागि यस्तो बाटो अपनाइएको हो ।