१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एक बर्षमा देशभित्र ११ सय बलात्कार !

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०७५, शुक्रबार १५:२५

काठमाडौं । एक बर्षमा ११ सय बलात्कारको घटना भएपछि यो मुलुकको पाशविकता कसरी बढ्दै छ , यही तथ्यांकले छर्लङ्ग पार्छ । कमजोर कानून , त्यसमाथि कानूनी उपचारमा हुने ढिलाई र महिला सुरक्षाकर्मीको अभाव जस्ता पक्षले बलात्कारको घटना निरुत्साहित हुनु भन्दा बढ्दो नै छ ।

नवौं मानव अधिकार राष्ट्रिय महाभेला तथा संकल्पले राजधानीमा सार्वजनिक गरेको तथ्यांकले समाजको कहाली देखाए पनि यस्को निरुत्साहनका लागि सरकार र समाजको कमजोरी पनि छर्लङ्ग पारेको छ ।

केन्द्रीय बाल कल्याण समितिको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा भएको बलात्कार सम्बन्धि घटना अनुसार ३१ प्रतिशत १० वर्ष मुनिका, ६२ प्रतिशत ११ देखि १५ वर्षभित्रका, ७ प्रतिशत १६ देखि १८ वर्षसम्मका किशोरी बलात्कारमा पर्ने गरेका छन् । त्यस्तै बलात्कार गर्नेहरु ४० बर्ष माथिका पुरुषहरु बढी छन् ।

संकल्पका अध्यक्ष एवं अधिकारकर्मी लिली थापाले बलात्कारसम्बन्धि घटनाको अन्त्यको लागि सुरक्षा निकायमा महिला सुरक्षाकर्मीको संख्या वृद्धि गरिनुपर्ने तथा बलात्कार सम्बन्धमा सुनुवाईका लागि फास्ट ट्रयाक कोर्टको छिटो व्यवस्था हुनुपर्ने माग गर्नुहुन्छ ।

महिला सुरक्षा सम्बन्धि कार्यक्रममा मानव अधिकारकर्मीहरूले १२ वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्न माग गरेका छन् ।

बलात्कार जस्तो जघन्य अपराध पछि समाज र कानूनबाट भोग्नु पर्ने दण्डको बारेमा प्रभावकारी जनचेतना फैल्याउन सके मात्र पनि यो अपराधको न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।