७ बैशाख २०८१, शुक्रबार
Follow Us

डिआईजीले हिरासतमा रहेका ३ प्रहरी अधिकारीलाई किन सुटुक्क भेटे?

sarusaru
१५ बैशाख २०७५, शनिबार ०३:०६

बिराटनगर । साढे ३३ केजी सुन प्रकरणमा तानिएका ३ प्रहरी अधिकारीलाई प्रदेश नं. १ का निमित्त प्रहरी प्रमुख डिआईजी ज्ञानविक्रम शाहले सुटुक्क भेटेका छन् ।

प्रकरणमा मुछिएर प्रहरी हिरासतमा रहेका पूर्व डिआईजी मोहन निरौला, निलम्बित एसपी विकासराज खनाल र डिएसपी सञ्जयबहादुर राउतलाई भेटेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अरुणकुमार विसी नभएको अवस्थामा उनले उनीहरुसँग गोप्य भेट गरेको प्रहरी स्रोतले बतायो । यद्यपि, उनीहरुबीच के कुराकानी भयो भन्ने खुलाइएको छैन ।

प्रहरी हिरासतमा रहेका उनीहरुलाई प्रहरी प्रमुख विसीकै कार्यकक्षमा बोलाएर डिआईजी शाहले करिव आधा घण्टा कुराकानी गरेको थिए ।

डिआईजी शाहसँग यस विषयमा कुरा गर्न पटकपटक सम्पर्क गर्दा फोन लागे पनि उठेन । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता विष्णुहरी कोइरालाले भने डिआईजी शाहले भेटेको बिषयमा केही बताउन चाहेनन् ।
अनलाइन खबरबाट ।