१६ चैत्र २०८०, शुक्रबार
Follow Us

देशभर मौसममा बदली : हावाहुरी, चट्याङ र मेघ गर्जनसहित पानी पर्ने सम्भावना

नेपालब्रिटेन संवाददाता
१५ बैशाख २०७५, शनिबार ०५:१६

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बिहानैदेखि पानी परिरहेको छ । तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनुका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण धेरै ठाउँमा बिहानैदेखि मौसम बदली भएर पानी परिरहेको मौसमविद् बिभुति पोख्रेलले जानकारी दिनुभयो ।
पश्चिमको बादल पूर्वतर्फ सर्दै गएकाले बेलुका पनि काठमाडौँ उपत्यकासहित मध्य र पूर्वी भेगका केही ठाउँमा बेलुका हावाहुरी, चल्ने, चट्याङ पर्ने र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
यो मौसमी गतिविधी आज र भोलि पनि जारी रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही समय आकाश खुलेपनि पुनः बदली र वर्षा हुनेछ । शुक्रबार काठमाडौ उपत्यका सहित विभिन्न ठाउँमा असिनापानी परेको थियो ।